३ फागुन, काठमाडौं । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले एक अनलाइनलाई खुमलटारको दानापानी र संरक्षणम रुवाबासी नगर्न चेतावनी दिएका छन् । सल्लाहकार थापाले शनिबार लोकपाटी अलनाइन समाचारको एउटा लिंक सेयर गर्दै लोकपाटी अनलाइनका सम्पादकलाई आफ्ना हर्कतहरु सम्झन सुझाएका छन् ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले संसदमा आज भएको सम्बोधनको पूर्णपाठ केपीशर्माओलीडटकमडटएनपीमा सार्वजनिक भएको जानकारी दिए । उनको जानकारी दिएको केही घण्टापछि प्रधानमन्त्री ओलीले यसअघि सञ्चालन गरेको kpsharmaoli.com वेबसाइटमा अश्लिल भिडियो सार्वजनिक भएको समाचार बाहिरियो ।

उक्त विषयबस्तुमा समाचार बनाएको लोकपाटीडटकममा शीर्षक लेखिएको थियो, ‘प्रधानमन्त्रीको वेबसाइट ह्याक, साइटभरी अश्लिल भिडियो, के गर्दैछन् सल्लाहकार थापा ?’ उक्त शीर्षकमा समाचार आएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आफ्नो सामाजिक सञ्जालमा रुवाबासी नगर्न चेतावनी दिएका थिए । उनले लेखेका छन्, ‘दुष्टता र दुष्प्रचारको पनि हद हुन्छ ! सम्माननीय प्रधानमन्त्रीको वेबसाइट kpsharmaoli.com.np हो । कुलै फेक आइडी ह्याक भएको भन्दै यति सा¥है रुवाबासी नगर्ने की ‘खुमलटार’को दानापानी र संरक्षणमा ? पहिले लाजिम्पाटबाट आफ्नै हर्कतका कारण निश्कासित भएको सम्झने की ?’

लोकपाटी डटकममा प्रकाशित समाचारको केही अंश

उनको यो स्टाटस लोकपाटीका प्रधानसम्पादक एवं अध्यक्ष मनहरी तिमिल्सिनाप्रति लक्षित देखिएको छ । मनहरी यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक थिए । प्रचण्ड लाजिम्पाटमा बस्दा उनको स्थानमा बिष्णु प्रसाद सापकोटालाई उनले आफ्नो प्रेस संयोजक बनाएका थिए । प्रचण्ड पछिल्लो केही वर्षदेखि खुमलटारमा बस्दै आएका छन् ।