२ मंसिर, काठमाडौं ।

हास्यकलाकार दिपकराज गिरीले देशको समस्या समाधान गर्न सीमाङ्कन पुनरावलोकनका लागि एमाओवादी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव नमान्नेलाई ब्यङ्ग्य गरेका छन् ।

तराई र पहाडका जिल्ला छुट्याएर प्रदेशको सीमांकन हेरफेर गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ल्याएको अनौपचारिक प्रस्तावलाई कांग्रेस र एमालेकै शीर्ष नेताहरुले स्वीकार्न नसक्ने बताएपछि दिपकले फेसबुकबाट स्टेटस लेखेका हुन् ।

कांग्रेस एमालेले सीमाङ्कन फेर्न हुँदैन भनेर लिएको अडानप्रति असन्तुष्टि जनाउँदै दिपकराज गिरीले लेखेका छन्, ‘सिमांकन हेरफेरै गर्न मिल्दैन भन्छन् बा यी कॉंग्रेस र एमाले… संबैधानिक राजतन्त्र चाहिन्छ चाहिन्छ भन्थे त्यो छोडे, ५ बिकास क्षत्रनै ठिक छ भन्थे त्यो फोडेधर्म निरपक्षमा गएर बिदेशीलाइ हात जोडे ४७ को संबिधानबाट करकापमा मुख मोडे………..सबै कूरा त प्रचन्ड पथमा पलायन भएपछि अहिले उनले ल्याएको सिमांकन अलिकति हेरफेर गरेर सबै पक्ष अटाउन सक्छन् भने यसमा चाहि के का अडान’ ।

Deepak raj giri support Prachanda

उनले जनताको समस्या समाधान गर्नका लागि जिल्ला टुक्राउँदा महाभारत नगर्न सुझाव समेत दिएका छन् । यस अघि संविधान जारी गर्ने समयमा पनि दिपकराज गिरीले प्रचण्डको प्रशंसा गर्दै स्टेटस लेखेका थिए ।

चण्डलाई दिपकराज गिरी भन्छन्ः यसपटक सही हुनुहुन्छ, गाली खाँदा नडराउनुस्