हेडलाइन्स टिप्पणी ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतमा भएको समयमा उनको भन्दा बढी चर्चा उनकी पत्नी सीता दाहालको भयो । सीता दाहालको हाउ भाउ र अनुहार देखि उँभिएको पोजिसनबारे सामाजिक सञ्जालमा निक्कै बहस भयो ।

सीता दाहाल एक्ली होइनन्ः मोदीसँग अरु फर्ष्टलेडी पनि त्यस्तै

पति प्रचण्ड भेटवार्तामा रहँदा पत्नी सीताको उपस्थितिमा कुटनीतिक मर्यादा ख्याल नगरिएको भन्दै सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चर्को आलोचना भयो भने कतिपयले सीताको बचाउमा अभियान पनि चलाए ।

pm modi and other countries heads

कतिपयले सीताको अनुहार देखि उँभिएको पोजिसनको कडा आलोचना गर्दै कुटनीतिक मर्यादाको ज्ञान नभएको भन्दै खैरो खने भने कतिपयले सीतालाई आमासँग तुलना गर्दै उनको बचाउ गरे ।

सीतामाथि भैरहेको टिका टिप्पणीको जवाफमा पत्रकार मनोज दाहालको ट्वीटर टिप्पणीः


हाल अमेरिकामा रहेका लोकगायक रामप्रसाद खनालले प्रचण्ड र सीताका तस्विर सहित उनीहरुमाथि खनिँदै लेखेको फेसबुक पोष्टः

यी २ ट्वीटर र फेसबुकमा गरिएका पोष्टले सीताका तस्विरमाथिका विभाजित नेपाली मानसिकता झल्काउँछन् । बहस चलेको थियो त्यसमा प्रचण्डको सचिवालयले आक्रामक प्रतिक्रिया दिनु पर्ने आवश्यकता खासै थिएन ।

ओली-मोदी भेट र प्रचण्ड-मोदी भेट तुलना, एउटा कुरा ठ्याक्कै फरक (फिचर)

सञ्चारकर्मी दील निशानी मगरले सीताको बचाउमा फेसबुकमा राखेको तस्विर

प्रचण्ड पत्नीको तस्विरबारे ब्यापक बहस र आलोचना तथा बचाउ चलिरहेको समयमा शनिबार साँझ प्रचण्डको आधिकारिक फेसबुक पेज (क. प्रचण्ड)मा एका एक आक्रामक स्ट्याटस देखा पर्‍यो । बहालवाला प्रधानमन्त्रीको आधिकारिक फेसबुकपेजबाट गरिएको उक्त पोष्ट राजनीतिक र कुटनीतिक मर्यादासँग सुहाउँदो थिएन । उक्त पोष्टमाथि पनि सामाजिक सञ्जालमा ब्यापक बहस र चर्चा भयो ।

प्रचण्डको निजि सचिवालयले चलाउने भनिएको उक्त फेसबुक पेजबाट सीतामाथि गरिएको टिप्पणीको खण्डन त गरियो तर सीतामाथि भैरहेको आलोचनाको जवाफ दिँदा अर्को पक्षमाथि ब्यक्तिगतरुपमा प्रहार भएको ज्ञान पोष्ट गर्नेलाई भएको जस्तो देखिएन ।

Prachanda status on Sita

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाम किटेर लेखिएको उक्त पोष्टमा एमाले कार्यकर्तालाई भाटको सज्ञा दिँदै, “सिता दाहाल नेपाल कै आमा हुन् । आमुल परिवर्तनका लागि लडेका प्रचण्डले सीताको साथ नपाएको भए यो सम्भव थिएन । एमालेका भाटहरुलाई यो के थाहा तिनीहरु केपी ओलीको बयलगाडामा शैर गर्दै थिए” भनिएको थियो ।

Sita Dahal smile

केपी ओलीले ६२-६३ को आन्दोलन अघि एक कार्यक्रममा नेपालमा गणतन्त्र ल्याउनु बयलगाढा चढेर अमेरिका जानु जत्तिकै हो भन्नै टिप्पणी गरेका थिए । उक्त टिप्पणी स्मरण गराउँदै लेखिएको स्ट्याटस पूर्व प्रधानमन्त्रीमाथिको ब्यक्तिगत आक्रमण बराबर नै थियो भन्ने हेक्का प्रचण्डको सचिवालयले पुर्‍याएको देखिएन ।

शनिबार साँझ ५ बजेर १२ मिनेट जाँदा फेसबुकमा लेखिएको उक्त स्टाटसमा विरलै मुस्कुराउने सीता दाहालको तस्विर पनि राखिएको थियो । यद्यपी पोष्टको ब्यापक आलोचना भएपछि प्रचण्डको आधिकारिक फेसबुकबाट उक्त पोष्ट हटाइएको छ ।

प्रचण्डले मोदीलाई पटक पटक सोधे एउटै प्रश्नः मोदी चुपचाप

सीताको आलोचना भयो भन्दैमा विदेश भ्रमणमा रहेका वहालवाला प्रधानमन्त्रीको आधिकारिक फेसबुकबाट बढी नै आक्रमक ढंगबाट राखिएको उक्त पोष्ट कुनै पनि दृष्टिले उपयुक्त थिएन । प्रचण्डको सचिवालयको यो स्ट्याटसले सीताको बचाउमा उँभिएकाहरुलाई समेत शिर निहुराउने बनाइदिएको टिप्पणी समेत कतिपयले गरेका छन् । यद्यपी प्रधानमन्त्री प्रचण्ड आफैले भने फेसबुक र ट्वीटर ब्यक्तिगतरुपमा नचलाउने बताइन्छ ।

सल्लाहकारले प्रचण्ड-सीताको तस्विरमा गलत क्याप्सन राखेपछि…