५ फागुन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नको लागि पार्टी हेडक्वार्टरको बैठक बोलाएका छन् ।

प्रचण्ड–ओली मिल्दा तनाबमा देउवा

पटक–पटक मिति घोषणा गर्ने भनेपनि मधेसी मोर्चाको दबाबको कारण स्थगित आएपछि आजको बैठकमा पार्टीबाट निर्णय गराउने सम्भावना रहेको माओवादी एक नेताले बताए । उनले भने,‘आजको बैठक ऐतिहासिक हुन्छ, स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बारेमा महत्वपूर्ण निर्णय हुन सक्छ ।’

फाइल तस्बिर

प्रचण्डले आजको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेसँग सुधार भएको सम्बन्ध, मधेसी मोर्चाको माग पूरा गराउने उपाय र कांग्रेसँग चिसिएको सम्बन्धको बारेमा जानकारी गराउने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले बताएको छ ।

प्रचण्ड–ओली भेटपछि तर्सिए देउवा

प्रचण्डको निजी निवास लाजिम्पाटमा बस्ने हेडक्वार्टरको बैठकले निर्वाचनको मिति घोषणा गर्ने निर्णय लिने बताइएको छ । प्रचण्डले आगामी जेठ ८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारी गरेको बताइएको छ ।