२८ साउन, काठमाडौं ।
माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीबाट मन्त्री बन्नेहरुको अन्तिम टुंगो लगाउन केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् ।

कांग्रेसमा मन्त्रीको नाम काटियो, मन्त्री बन्ने टुंगो लागेकालाई पनि तनाव

प्रचण्डले तयार पारेको पाँच जना मन्त्रीको नामलाई लिएर पार्टीभित्र विवाद देखिएपछि प्रचण्डले बैठक बोलाएका हुन् ।

maoist meeting at balutawar

बालुवाटारमा होइन लाजिम्पाट

प्रधानमन्त्रीको निजी निवास लाजिम्पाटमा जारी बैठकमा मन्त्रीहरुको नाम आज नै टुंगो लगाएर पर्सीसम्ममा सरकारमा सहभागी मन्त्रीहरुलाई जिम्मेवारी दिने तयारी प्रचण्डले गरेको वालुवाटार स्रोतले बतायो । पार्टी बैठक सरकारी निवासमा राख्नु भन्दा निजी निवासमै ठिक हुने भन्दै प्रचण्डले लाजिम्पाट आएका हुन् ।

भारतीय लेखिका भन्छिन-प्रचण्ड चिनियाँ चंगुलबाट उम्किन पर्छ

स्रोतले भन्यो,‘मन्त्री छान्ने लफडासँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको स्वकीय सचिव को हुने भन्ने विवादमा पनि चुलिएको छ । नेताहरुले खल्ती नै पिच्छे नाम मन्त्रीलाई दिएपछि मन्त्रीहरु तनाबमा परेका छन् ।

मन्त्रीहरुलाई बर्षमानको दबाब
केपी ओली नेतृत्वको सरकार ढाल्ने मध्येका एक पात्र माओवादीका नेता बर्षमान पुन सांसद छैनन् । सांसद नभएपछि पार्टीबाट कसलाई मन्त्री बनाउदेखि लिएर मन्त्रीको स्वकीय सचिव र प्रेस संयोजक क कसलाई बनाउने भन्नेको नामावली सहित मन्त्रीलाई दिएर दबाब दिने गरेको माओवादीका एक नेताले बताए ।

प्रधानमन्त्री भएको १० दिनमै प्रचण्डको अर्को क्रमभंगता

पार्टीमा अहिले मन्त्री छान्न भन्दा स्वकीय सचिव छान्न महाभारत छ’, उनले भने,‘एउटा मन्त्रीको स्वकीय सचिवमा राख्नको लागि नेताहरुले एक सय जना भन्दा बढी व्यक्तिलाई सिफासिर गरेका छन, आफै निर्णय गर्न नसकेपछि मन्त्रीहरु ति नाम लिएर प्रचण्ड भएको ठाउँमा जाने तयारी गरेका छन ।’