१२ चैत,काठमाडौं ।
नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण प्रस्थान गरेपछि पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

ज्ञापनपत्र बुझाएपछि देउवाले भोलीको लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन् । पार्टी सभापति भएको एक बर्ष बितिसक्दा समेत देउवाले पदाधिकारी चयन गर्न सकेका छैनन् ।

निर्वाचन, संविधान संशोधन, सरकारले गरेको प्रहरी प्रमुख नियुक्तिको सर्वोच्च अदालतले गरेकोे बदर लगायतको विषयमा छलफल हुने बताइएको छ । कांग्रेसका एक नेताले भने,‘बैठकले निर्वाचनको कार्यक्रम तयार गर्छ, संविधान संशोधनको बारेमा निर्णय गर्छ ।’

कांग्रेसभित्र भाडभैलोः विवादको बिउ देउवा

एकलौटी रुपमा पार्टी सञ्चालन गरेको भन्दै सभापति देउवाको रामचन्द्र पौडेल पक्षधर नेताहरुले आलोचना गर्दै आएका छन् । एक नेताका अनुसार देउवालाई दबाब दिने नीति सहित पौडेल सहितका नेताहरुले आज छुट्टै अनौपचारिक छलफल गरेका छन् ।