८ जेठ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १० गतेभित्र नै राजिनामा दिएर सरकारको नेतृत्व कांग्रेसलाई दिने भएका छन् । पार्टी हेडक्वार्टरको बैठकले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँग भएको सहमति अनुसार अबको दुई दिनभित्र राजिनामा दिन निर्देशन दिएको हो ।

नेकपा माओवादी केन्द्रीय कार्यालयका नेता मणि थापाले जेठ १० गतेभित्र नै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिने बताए । उनले नेपाली हेडलाइन्ससँग भने,‘कांग्रेस र माओवादीबीच भएको सहमति अनुसार अब प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएर सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्ने निर्णय भएको छ ।’