३० भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ११६ सदस्यीय टोलीसहित प्रचण्ड भारत पुगेका हुन् ।

प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा भारतको ४ दिने राजकीय भ्रमणमा गएका हुन् ।

Prachanda India Visit at airport (1)

फाइल तस्विर

प्रचण्डको भ्रमण दलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, सांसदहरू, विभिन्न मन्त्रालयका सचिवहरू तथा अन्य पदाधिकारीहरू, सञ्चारकर्मीहरू तथा व्यापारिक समुदायका प्रतिनिधिहरू सहभागी छन् ।

भारतले भन्यो दाहाल भ्रणमा हामी यसरी अघि बढौँ

प्रचण्डको भारत प्रस्थानका लागि नेपाल बायुसेवा निगमको विमान तयारी अवस्थामा छ ।

प्रचण्डको भ्रमणको तयारीका क्रममा यसअघि उनको विशेष दूतका रूपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र परराष्ट्रमन्त्री डा. महतले भारतको छुट्टाछुट्टै भ्रमण गरेका थिए ।

प्रचण्ड नआएपछि विशालनगरमा सुमार्गीको विजोग (फोटोफिचर)

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजकीय भ्रमणको विस्तृत तालिका बुधबार सार्वजनिक गरेको छ । राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री प्रचण्डसहित १५ जना प्रतिनिधिमण्डल राष्ट्रपति भवनमा बस्नेछन् ।

सरकारी भ्रमण दलका बाँकी ३७ जनालाई भने ताजमानसिंह होटेलमा बस्ने व्यवस्था मिलाइएको छ।