११ पुस, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई एक साथ देखिदाँ राजधानीको कार्यक्रममा छुट्टै माहौल देखियो । माओवादीबाट अलग भएको १६ महिनापछि भट्टराई र प्रचण्ड एक साथ एउटै मञ्चमा देखिएपछि कार्यकर्ताले खुसी व्यक्त गर्दै अब मिल्नु पर्छ भनेर छाती ठोकेको थिए ।

prachanda-baburam-chacha-63397115

प्रचण्ड र बाबुरामले झण्डै तीस बर्ष सहयात्रा गरेका छन् । दुवै नेताबीच मञ्चमा अनौपचारिक कुराकानी भए । दुवै नेता हाँस्दा कार्यकर्ता उत्साहित भएका थिए ।

प्रचण्ड र बाबुरामलाई लामो समयपछि एउटै मञ्चमा उभ्याउने काम भने स्वर्गीय नेता सांसद भक्ति पाण्डेको किताब ‘चाचा’को सार्वजनिकीकरण कार्यक्रमले गराएको हो ।

कार्यक्रममा सुरुमा बोलेका भट्टराईले निकै भावुक हुँदै मिलेर अगाडि जाँदा मात्र आन्दोलनबाट प्राप्त उपलब्धी जोगाउन सकिने बताए । भाषण गरिरहँदा भट्टराईलाई पुनः पार्टीमा फर्कन कार्यकर्ताले आग्रह गरेका थिए । दुवै नेताहरुले आफूहरु एकअर्काका परिपूरक भएको भन्दै हालसम्मका उपलब्धी रक्षाका लागि मिल्नुको विकल्प नभएको निष्कर्ष सुनाएका छन् ।

प्रकाश दाहालको फेसबुकबाट

प्रकाश दाहालको फेसबुकबाट

कार्यक्रममा बाबुराम भट्टराईले हालको उपलब्धी गुम्न नदिन प्रचण्डसँग मिल्नुको विकल्प नभएको बताए । प्रचण्डसँग व्यक्तिगत रुपमा आफ्नो कुनै दुश्मनी नरहेको, तर अलग हुन परिस्थितिले बाध्य पारेको बताए ।

एकै ठाउँमा उभिने स्थिति आयोः प्रचण्ड

संविधान जारी भएलगत्तै बाबुरामजी अलग हुन हतार गर्नु भो । अहिले संविधान कार्यान्वयनको चुनौती छ । अहिले परिस्थिति यस्तो बन्यो कि फेरि पनि बाबुरामजी र म एकै ठाउँमा उभिने स्थिति आयो । हामी एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा छ । एक हुनुको विकल्प छैन । प्रचण्ड र बाबुराम मिल्नुपर्छ भन्ने भक्ति पाण्डेको अन्तिम चाहना थियो । संयोग नै हो हामी छुटेपछि आज एकै ठाउँमा छौं ।अहिले बाबुरामजी र मेरो बीचमा दिनहुँ छलफल हुने गरेको छ । हाम्रा पक्षधरहरुले धेरै बिगारेनन् भने हामीबीच सहकार्य हुन सक्छ । माओवादी कमजोर भयो भनेर धेरै सल्बलाए । संविधान नरहेर के भयो र ? माओवादी त जाने हो नि भनेर विरोधीहरु धराप थापेर बसेका छन् ।

प्रचण्डलाई सजिलो बनाइदिएको हुँः भट्टराई

मैले हतारमा पार्टी छोडेको होइन । त्यस्तै नै पर्न गयो । मैले प्रचण्डलाई सजिलो बनाइदिएको हुँ । यो उपलब्धी गुम्न नदिन हामी मिल्छौं । मिल्नुको विकल्प छैन । पुरानो कार्यशैलीले मिलनविन्दु भेटिदैन । नयाँ प्रयोग गर्नुपर्छ । पुरानो माओवादीले चल्दैन । परिस्थितिले मिल्ने ठाउँमा ल्याएको छ । नयाँ शिराबाट सोचौं । बहस र छलफल गरौं । सहकार्य हुन सक्छ ।

प्रचण्ड बाबुराम एक हुँदा नयाँ शक्तिमा हंगामा

प्रचण्ड र बाबुरामले पुनः मिल्ने आधार सहितको अभिव्यक्ति दिएपछि नयाँ शक्तिमा भने नयाँ तरङ्ग पैदा भएको छ । नयाँ शक्तिमा देवेन्द्र पौडेल गंगा श्रेष्ठ लगायतका नेताहरु माओवादीसँग मिलेर नै अगाडि बढनु पर्नेमा छन् । नयाँ शक्तिमा माओवादीबाट आएका नेता र अन्य शक्तिबाट आएका नेताहरुबीच विवाद रहेको छ ।

बाबुरामलाई विगतकालदेखि नै सहयोग गर्दै आएका देवेन्द्र पौडेल लगायतका नेताहरुले प्रचण्डसँग मिलेरै अगाडि बढनु पर्नेमा जोड दिदै आएका छन् । प्रचण्ड र बाबुरामबीच एउटै मुख भएपछि रामचन्द्र झा, रामेश्वर खनाल लगायतका नेताहरु रुष्ट बनेका छन् ।

बाबुरामले मार्क्सवाद नै नमान्ने भन्दै नयाँ शक्तिको गठन गरेपनि अहिले पुनः पार्टी विभाजन गरेको १५ महिनापछि पुनः प्रचण्डसँगै एकता गर्ने विषयले नयाँ बहसको जन्म गराएको छ । बाबुरामले संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्न तयारी गरेकोप्रति असन्तुष्टि जनाउदै जनयुद्धदेखि अहिलेसम्म साथ दिएका नेताहरुले पार्टी एकता नै गर्ने भए प्रचण्डसँग गर्दा ठिक हुने सुझाव दिएका छन् ।

बाबुराम र प्रचण्डको बीच पछिल्लो समयमा आएर दैनिक रुपमा भेटघाट हुने गरेको छ । पार्टी विभाजनपछि तल्लोस्तरको गालीगलोजमा उत्रिएका दुवै नेता पार्टी एकीकरण गर्नुपर्ने मुडमा देखिएका छन् ।

यो पढ्नुस्।

किराँत कम्युनिष्ट पार्टी निर्माणमा लागिन्छः गोपाल किराँती

माओवादी केन्द्रको पाँच नं प्रदेशको नयाँ प्रस्ताव

वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न नेकाको चार बुँदे प्रस्ताव