काठमाडौं ।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन राजधानीमा शुरु हुँदैछ । अहिले सम्म कांग्रेसमा ३ प्यानलको उम्मेदवारी घोषणा भएको छ । कांग्रेस संस्थापन भनिने पुरानो कोइराला पक्षनै कोइरलाको निधनपछि टुक्रा टुक्रा भएको छ । त्यसैकारण कोइरालाको निधनपछि स्वतः सभापति पड्काउने दाउमा रहेका रामचन्द्र पौडेललाई गम्भिर झट्का लागेको छ । कृष्ण सिटौलाको उम्मेदवारी उनलाई महंगो सावित भएको छ ।

शेरबहादुर देउवा संस्थापन पक्षको विभाजनको फाइदा लिने दाउमा देखिन्छन् । उम्मेदवारी दिने समय समेत ज्योतिषलाई हेराएर तय गरेका देउवाले संस्थापनको भोट बाँढिँदा आफूलाई फाइदा पुग्ने मनोबलमा छन् । शेर बहादुरलाई कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, लक्ष्मण घिमिरेको साथ देखिएको छ ।

congress meeting sher bahadur deuwa ramchandra paudel

पौडेलले विपी कोइरालाको विरासत देखाउन शशांक कोइरालालाई महान्त्रीमा अघि सारेका छन् भने गणेशमानको विरासत देखाउन प्रकाशमान सिंहलाई देखाएका छन् । यस अघि प्रधानमन्त्री बन्न १७ पटक सम्म चुनाव लडेपनि पराजित भएका रामचन्द्रलाई गनगने नेता पनि भन्ने गरिन्छ । यद्यपी संस्थापन पक्षमा उनको पकड कमजोर छैन ।

देउवाले आजै उम्मेदवारी घोषणा गर्नुको रहस्य खुल्यो

कृष्ण सिटौला कांग्रेसका नदेखिने गरी निक्कै चतुर खेलाडी हुन् । उनले पार्टीका सबै निर्णायक भूमिकामा सक्रिय रहेपनि बाहिर कम बोल्छन् । काम फत्ते गर्ने तर कम प्रतिक्रिया दिने सिटौलाको बानी छ । उनलाई भारतले विश्वास गर्ने गरेको पनि भन्ने गरिन्छ । भारतकै भित्री समर्थन सिटौलाालाई भएका कारण कृष्ण सिटौलाले सबैलाई चकित पार्दै सभापति बन्ने र गगन थापा ससुरा अर्जुननरसिंह केसीलाई हराएर महामन्त्री बन्ने सम्भावना रहेको समेत बताउँछन् । उनीहरुको घोषणामा देखिएको कार्यकर्ताको भिड र लागेका नाराले पनि उनीहरुको दावेदारी बलियो रहेको पुष्टि गर्छ । यद्यपी कांग्रेसको नेतृत्वमा अव को आउँछ यसै भन्न गाह्रो छ । त्रीपक्षीय भिडन्त हुने भएपछि कांग्रेसमा को सभापति बन्छ भन्ने निश्चित छैन ।

ओली र प्रचण्डको समर्थन सिटौलालाई

५ वर्ष महामन्त्रीकोरुपमा काम गरिसकेका कृष्णप्रसाद सिटौला कार्यकर्तासँग निरन्तर संबादमा रहने र सबैलाई मिलाएर लैजाने कुटनीतिक खेलाडी मानिन्छन् । नेपालको शान्ति प्रक्रिया देखि ठूला राजनीतिक सहमतिमा सिटौलाले निर्णायक वार्ता गरेको सबैलाई थाहा छ । सुशील कोइरालाले मानेको भए राष्ट्रपति बनाएर आफू उपप्रधानमन्त्री सहित शक्तिसाली गृहमन्त्री हुने तयारीमा रहेका भएपनि सुशीलका कारण विमुख भएका सिटौलाले त्यतिबेला देखि नै आन्तरिकरुपमा सभापतिको उम्मेदवारी दिने तयारी गरेका थिए ।

krishna prasad sitaula Kanchanpur-sitaula

उच्च राजनीतिक सम्बन्धका कारण एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसँग रामचन्द्र पौडेल भन्दा सिटौला धेरै नजिक छन् । संस्थापनकै रामचन्द्र पौडेल प्रचण्डसँगै प्रधानमन्त्रीको चुनाव लडेर १७ पटक सम्म बहुमत प्राप्त गर्न असफल भएका थिए । प्रचण्डसँग जस्तोसुकै प्रतिकुल अवस्थामा पनि सिटौलाले सुमधुर सम्बन्ध कायम राखेका छन् । दुवै झापाली नेता भएका कारण केपी ओलीसँग गत संविधनसभाको चुनाव देखि नै उनको सुमधुर सम्बन्ध छ । उनले सुशील कोइरालालाई एमालेसँगको भद्र सहमति पालना गर्न दवाव दिनुको कारण पनि ओलीको सम्बन्धका कारण थियो ।

फाइल तस्बिर

फाइल तस्बिर

सिटौला सभापति बने कांग्रेसको नेतृत्वमा सरकार बनाउने सोंचमा प्रचण्ड रहेको श्रोत बताउँछ । उता संविधान बनाउने बेला ओलीको अडानमा समर्थन गर्दै अघि बढेका कारण सिटौलाले गुन लगाएको ओलीले भुलेका छैनन् । शान्ति प्रक्रिया तथा संविधान निर्माणका क्रममा स्थापित विशेष सम्बन्धका कारण यी नेताबीच त्रीकोणीय प्रेम स्थापित भएको हो । त्यसैकारण ओली र प्रचण्डले कांग्रेसमा सिटौला सभापति बनुन् भन्ने चाहेका छन् ।

नीतिश कुमारले नेपाल आएर गरेका ३ ट्वीट

कांग्रेसमा यहाँ नेर हुँदैछ वास्विक भिडन्त