३० असोज,काठमाडौं।
भारतको गोवामा चलिहरेको ब्रिक्स सम्मेलनका क्रममा नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग रोचक घट्ना घटेको छ।

प्रचण्डसंगै भारत भ्रमणमा रहेका उनका पुत्र प्रकाश दाहालले जनाए अनुसार चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री प्रचण्डबीच एउटा कक्षमा वार्ता हुँदैथियो । त्यही कक्षमा टुपलुक्क भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आइपुगेका थिए।दुबै नेतालाई यसरी भेट होला भन्ने अनुमान प्रचण्डले गरेका थिएनन् ।

प्रचण्ड र सि जिनपिङबीच अनौपचारिक कुरा चलिरहँदा मोदी आइपुगेपनि तीनै नेता बीच थप २० मिनेट वार्ता भयो।

तस्विरमा  हेर्नुसprachanda-xi-jinping-with-sita-dahal

पहिले प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच वार्ता चलिरहेको थियो । प्रचण्ड नजिकै रहेको अर्को सोफमा उनी पत्नी सिता दाहाल थिइन।

   अब यो तस्विरमा हेर्नुस, यहाँ भारतीय प्रधानमन्त्री मोदी आइपुगे र सिता दाहाल बसेकै सोफामा छेउमा बसे।

prachanda-xi-jinping-modi-with-sita-dahal

प्रचण्ड र राष्ट्रपति सि जिनपिङको भेट  पनि आकस्मिक थियो। प्रचण्डले पनि सायदै अपेक्षा गरेका थिए। प्रचण्ड बसिरहेको कक्षमा चिनियाँ राष्ट्रपति अचानक आइपुगेका थिए। चिनियाँ राष्ट्रपति सि जिनपिङ जवाफमा उनलाई नेपालमा स्वागत निकै आतुर रहेको जवाफ फर्काएको बताएको छ।screen-shot-2016-10-16-at-2-25-26-pm

संयोगले प्रचण्डले दुइ शक्तिशाली छिमेकीका सरकार प्रमुखलाई संगै राखेर वार्ता गर्न सफल भएका छ्न। संभवत यो अवसर प्राप्त गर्ने प्रचण्डनै पहिलो प्रधानमन्त्री हुन्।

प्रचण्डका यी दुबै भेटहरु नितान्त अनौपचारिक थिए।

तस्विर: प्रकाश दाहाल