१० पुस, काठमाडौं । राष्ट्रकै सबैभन्दा बृहद र महत्वपूर्ण खेलकुद प्रतियोगितामा सहभागीता जनाउन आएकी एक किशोरीले आर्थिक अभावका कारण जुत्तासम्म किन्न नसक्ने अवस्थामा खाली खुट्टा नै आफ्ना प्रतिद्धन्दीसँग प्रतिस्पर्धाका लागि मैदानमा आर्लनुपर्यो । 6photo03

नवलपरासीकी १६ बर्षीया गुडिया गुप्ता शनिबार निर्माणाधीन ईटहरी रंगशालामा एथलेटिक्सको १५ सय मिटर दौडमा आफुँभन्दा दिग्गज प्रतिद्वन्द्वीलाइ टक्कर दिन पूर्वाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै खाली खुट्टा ट्रयाकमा ओर्लिईन् ।

प्रतियोगिताको हिट चरणमा उनी छैटौं भईन् तर उनको खाली खुट्टामा न कुनै खेल पदाधिकारीको आँखा गयो नत खेलसँग सम्बन्धित कुनै नीति निर्माताको नै । छनोट प्रतियोगितामा उनले निर्धारित दुरी पाँच मिनेट १२ सेकेन्डमा पुरा गरेकी थिईन् ।

एथलेटिक्स खेल्न खेलाडीका लागि विशेष प्रकारको ‘स्पाइक सु’ लगाउनुपर्ने हुन्छ तर गुडियासँग ‘स्पाइक सु’ किन्ने पैसा समेत नभएकाले प्रतियोगितामा खाली खुट्टा दौडिएको उनका प्रशिक्षक मनोहर दाहालले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।