१२ फागुन, काठमाडौं ।

आफ्नो ६ दिने भारत भ्रमणको क्रममा मुम्बई पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बलिउडका कलाकारहरुसँग हाईटी मिटिङ्ग गरेका छन ।

नेपाल नागरिक एवम बलिउड नायिका मनिषा कोइरालाले त्यस्तो मिटिङ्ग मुम्बईको होटल हायात ग्राण्डमा राखेकी थिईन ।

Bollyood acters with PM 5

सो मिटिङ्गमा बलिउड नायिका तब्बु, जितेन्द्र, शक्ति कपुर, गोविन्दा, मनिषा, नेपाली कलाकार सुनिल थापा सहितका करिब १ दर्जन कलाकारहरु सहभागि थिए । मिटिङ्गमा प्रधानमन्त्रीसँग बलिउड कलाकारहरुले फोटो सेसन गर्नुका साथै केही समय रमाईलो कुराकानी गरेका थिए ।

प्रधानमन्त्री ओलीको कुरालाई ध्यानपूर्वक सुनेका बलिउड कलाकारहरु प्रधानमन्त्रीको रमाईलो अभिब्यक्तिमा मज्जैले हासेको देखिन्थे । मिटिङ्ग स्थल पुग्दा प्रधानमन्त्रीले स्वागत गर्न बसेकी मनिषालाई ‘के छ मनिषा जी भनेर हाल खवर‘ भनेर सोधेका थिए । त्यसपछि ओलीले “काठमाडौ कहिले आउनु हुन्छ” भनेर सोधेका थिए । मनिषाले काग्रेसको महाधिवेशन अघि नै काठमाडौ आउने जवाफ दिएकी थिईन ।

Bollyood acters with PM 3

प्रधानमन्त्री ओलीबाट ज्वाइँको सम्बोधन पाएका अभिनेता गोविन्दाले आफ छिट्टै श्रीमति सुनितालाई लिएर काठमाडौ आउने जानकारी दिए ।

फेरि भेटौंला भनेर गएका रोशन फर्किएनन्
बक्तब्य नआउँदैमा भ्रमण असफल भयो भन्न मिल्दैन- प्रधानमन्त्री ओली

जितेन्द्रले आफू बारम्बार काठमाडौ आउने गरेको उल्लेख गर्दै पशुपति नाथको दर्शन गर्न छिट्टै काठमाडौं आउने बताए ।