९ जेठ, काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राजिनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्रीले बिहान ११ बजे बस्ने संसद बैठकलाई विशेष सम्बोधन गरेर राजिनामाको घोषणा गर्ने तयारी गरेका हुन् । तर अन्तिम टुंगो लागिसकेको छैन ।

‘राजिनामा दिनसक्ने सम्भावना छ, तर अन्तिम निर्णय भइएसकेको छैन, प्रधानमन्त्रीको नीजि सचिवालयले भन्यो, ‘यसबारेमा प्रमुख सत्तासहयात्री दल नेपाली कांग्रेससँग छलफल गरेपछि निर्णय हुन्छ ।’

कांग्रेससँगको छलफलका आधारमा आज नभए प्रधानमन्त्रीले भोली राजिनामा दिनेछन् । हिजो बसेको पार्टी हेटक्वाटरकौ बैठकमा प्रधानमन्त्रीले आफूले १० गते राजिनामा दिनेभन्दै पार्टी नेताहरुको राय बुझेका थिए ।

श्रोतका अनुसार प्रधानमन्त्रीको राजिनामा कांग्रेससँगको छलफलका आधारमा तय हुनेछ । कांग्रेस सभापति शेरबहादुर देउवाले जतिबेला राजिनामा दिन भन्छन्, त्यति बेलानै राजिनामाका लागि तयार देखिएका छन् ।

कांग्रेस भित्रको एउटा समूह र नेकपा एमालेले पनि दोस्रो चरणको निर्वाचन पनि प्रचण्डकै नेतृत्वमा गर्नु पर्ने दवाव दिएका छन् । दुई चरणमा भइपनि एउटै निर्वाचन भएकाले अहिले सरकार परिवर्तन गर्न नहुने र पहिलो चरणको निर्वाचन जसले गराएको हो, दोस्रो पनि उसैले गराउनु पर्ने र चुनावपको बीचमा सरकार परिवर्तन गर्नु आचार सँहिता विपरित हुने एमाले र कांग्रेसको एउटा समूहको ठहर छ ।

संसद सचिवालयले पनि प्रधानमन्त्रीले संसदलाई संबोधन गर्नका लागि आधिकारिक पत्र आइनसकेको बताएको छ । संसद बैठक विहान ११ बजे बस्दैछ । आजको संसद बैठकमा प्रिबजेट माथि छलफल हुनेछ ।