४ असोज, काठमाडौं ।

प्रधानमन्त्री सुशील कोइरालाले आफूले पद छोड्ने समय तोकेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा कोइरालाले आफू राष्ट्रसंघको महासभामा भाग लिएर फर्कनासाथ राजिनामा दिने मनस्थितिमा रहेको बताएका हुन् ।

आफू अमेरिकाबाट फर्केपछि नयाँ सरकार गठन हुने जानकारी उनले पार्टीमा गराएका थिए ।

pm angry

कांग्रेसले ६ महिना म्याद थप गरेर वैधानिकता जोगायो

कांग्रेसले संकटमा परेको पार्टीको वैधानिकता जोगाउनको लागि ६ महिना म्याद थप गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको कार्यकाल छ महिना थप्ने निर्णय कांग्रेसले गरेका हो । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री निवास वालुटारमा बसेको केन्द्रीय समितिको बैठकले छ महिना म्याद थप्ने निर्णय गर्दै पार्टीको वैधानिकतालाइै जोगाएको छ ।

असोज ६ गतेबाट पार्टीको वैधानिकता सकिनु अघि नै ६ महिना म्याद थप गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले आन्दोलतर सबै राजनीतिक दलहरुलाई वार्तामा आएर समस्याको समाधान खोज्न आग्रह गरेको छ ।