चैत १३,काठमाडौं।

प्रधानमन्त्री सुशील कोइरालाले सत्तासाझेदार नेकपा एमालेको दबाबमा आफूले मेडिकल कलेज सम्बन्धन खोल्नुपरेको जनाउँदै त्यसबारे एक्लै निर्णय गर्नै नसक्ने बताएका छन् ।

sushil da

बालुवाटारमा बिहीबार आफूलाई भेट्न आएका मानवअधिकारकर्मी तथा चिकित्सकले डा. गोविन्द केसीको माग सम्बोधन आग्रह गरेपछि प्रधानमन्त्री कोइरालाले जवाफमा ‘सत्तासाझेदार नेकपा एमालेको सहमतिबिना कुनै निर्णय गर्न नसक्ने’ निरीहता प्रकट गरेका हुन् ।

‘बरु तपाईंहरुले एमाले अध्यक्ष केपी ओलीलाई पनि यस विषयमा सम्झाइदिनू,’ प्रधानमन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा संलग्न चिकित्सक डा. केदारनरसिंह केसीले भने । आजको नागरिक दैनिकमा खबर छ ।