१५ असोज, काठमाडौं ।
प्रधानमन्त्री सुशील कोइरालालले तत्काल राजिनामा दिन अस्वीकार गरेपछि एमाले र कांग्रेसबीच तनाव उत्पन्न भएको छ ।

मोदीको इगो र धरापमा ओलीको सिंहदरवार यात्रा !

एमालेले प्रधानमन्त्रीले तत्काल राजिनामा दिएर नयाँ सरकारको मार्ग प्रशस्त गर्न दवाव दिइरहेको भएपछि प्रधानमन्त्री भने वर्तमान अवस्था साम्य भएपछि राजिनामा दिने मनस्थितिमा रहेका छन् ।

Oli-Koirala
एमालेले आजबाट शुरु हुने हिउँदे अधिवेशनको शुरुवातमै प्रधानमन्त्रीको राजिनामा आउनु पर्ने माग गरिरहेको छ । पद छोड्ने समयमा एमालेका दुई मन्त्रीलाई पदबाट हटाएका प्रधानमन्त्रीले भने एमालेको आग्रहलाई टार्दै आएका छन् ।

यसै विषयमा विहीबार बालुवाटारमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच चर्काचर्की परेको बताइएको छ ।

संविधान जारी भएपछि पहिलो संसदीय बैठक बसेको ७ दिन भित्र सहमतीय प्रधानमन्त्री बन्ने संबैधानिक ब्यवस्था छ ।

यस्तो अवस्थामा प्रचण्ड बन्न सक्छन् प्रधानमन्त्री

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस नेतृत्वमा सरकार बनाउँदा दुई दलबीच भएको ७ बूँदे र प्रमुख चार दलबीच भएको १६ बूँदे सहमतिका आधारमा अबको सरकार सयुक्त हुने र सांकेतिक रुपमा नेतृत्व आफूले लिने बताउँदै आएका छन् ।

१६ बूँदे सहमति निर्माण गर्दा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा तत्कालीन चार दल कांग्रेस, एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताबीच ‘भद्र सहमति’ भएको भन्ने गरिएको छ ।

पछिल्ला गतिविधी हेर्दा लाग्छ कांग्रेस सहजै एमालेलाई नेतृत्व दिने पक्षमा देखिन्न । कांग्रेसकै बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री हुन दौडधुप शुरु गरिसकेका छन् । यसले गर्दा सरकारको विषयमा कांग्रेस एमालेबीच चर्कै झगडा पर्ने सम्भावना देखिएको छ ।