२६ असोज, काठमाडौ ।

विवादास्पद जनजाति अभियानेता आङकाजी शेर्पाले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पुनः प्रहार गरेका छन् ।

आङकाजीको टिप्पणी- ओलीको योग्यता गाविस अध्यक्ष हुने पनि छैन

करिव १ वर्ष अघि ओलीको हत्या गर्ने चेतावनी दिएर विवादमा परेका आङकाजीले ओलीका नाममा ६ ब्याङ्ग्यात्मक सुझाव दिएका छन् । यस अघि आङकाजीले ओली गाविस अध्यक्ष हुन पनि योग्य नरहेको टिप्पणी गरेका थिए ।


oli vs ankaji

ओलीलाई उखाने प्रधानमन्त्री बन्ने शैलीमा ब्यङ्ग्य गरेका ओलीलाई रोगीकोरुपमा समेत उनले चित्रित गरेका छन् । उनले ओलीमाथि परस्त्रीसँग जोडेर समेत प्रश्न उठाएका छन् । यो अभिब्यक्ति नवनिर्वाचित प्रधानमन्त्रीको चरित्रमाथिको प्रहारकोरुपमा समेत हेरिएको छ ।

aankaji attack on PM oli

रोगी भएकाले मदिरा सेवन नगर्न र आदिवासीको ज्वाइँ भएकाले आदिवासी, मधेसी, दलितलाई अपमानित हुने अभिव्यक्ति दिन बन्द आङकाजीको सुझाव छ ।

उनले नेपालका भूभाग भूमाफीयाहरुलाई नबेच्न समेत ओलीलाई भनेका छन् । आङकाजी शेर्पा सामाजिक सञ्जालमै विवादास्पद र अति उग्र तथा भड्काउ अभिब्यक्ति दिएका कारण यस अघि पक्राउ परेका थिए ।

भारत विरुद्ध बोल्दा प्रचण्डमाथि आङकाजीका ५ आरोप

उनले १ वर्षको अवधीमा ओली देखि प्रचण्ड र बामदेव गौतम सम्मलाई मार्ने धम्की दिइसकेका छन् ।