७ पुस, काठमाडौं ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मधेशी मोर्चाको मुख्य चासो सत्तामा रहेको भन्दै सरकार मोर्चालाई चाहिए जति मन्त्रालय दिन तयार रहेको बताएका छन् ।

हेडलाइन्ससँग कुराकानी गर्दै सल्लाहकार रिमालले मोर्चाको कुनै माग नै नभएको र निहुँ मात्र खोजिएको जस्तो भान भएको उनले बताए ।

bishnu rimal 1

रिमालले भने, ‘मधेसी मोर्चा त भन्दैछ, प्रधानमन्त्रीले सत्ता नछोडेसम्म अहिलेको समस्याको समाधान हुँदैन । त्यो उहाँहरुले शुरुमै भनेको भए राम्रो हुने थियो । संविधान मन परेन भन्नुको सट्टा के पी ओली भएन, मन परेन भनेको भए त्यहीबाट हाम्रो कुरा शुरु हुन्थ्यो । तीन महिनासम्म जनतालाई दुःख दिएर अन्तिममा म्याउँ गर्नुभयो । उहाँहरुलाई चाहिएको प्रधानमन्त्री हो रहेछ ।’

सुनसरीको १ टुक्रा जमिन पनि २ नम्बर प्रदेशमा मिसाउन सकिन्न – प्रम ओली

सल्लाहकार रिमालले मोर्चालाई चाहिएको जति मन्त्रालय दिन प्रधानमन्त्री तयार रहेको पनि बताए । रिमालले भने, ‘कतिवटा मन्त्रालय चाहिएको हो । हामी त नेपाली कांग्रेस लगायत सबैलाई भनेका छौं । अहिले सत्तापक्षा र प्रतिपक्ष हुने होइन । अहिलेको बेला भनेको संविधान कार्यान्वयनमा सबै एकभएर लाग्ने हो । यो त हामीले शुरुदेखि नै भनेका छौं ।’

विष्णु रिमालसँगको पुरा अन्तवार्ता हेर्न यहाँ क्लिक गर्नुस्

 

ओली सरकार ढाल्न कांग्रेस-मोर्चाको संयुक्त रणनीति !