२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । मंगलबार साँझ ओलीलाई शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।

नियमित डायलसिस गर्न प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीलाई आजै सरकारी निवास वालुवाटार फर्काइनेछ ।

प्रधानमन्त्री ओलीको यसअघि पनि पटकपटक हेमोडायलसिस गरिएको थियो । मृगौलाका आवश्यकता अनुसार काम गर्न नसकेपछि प्रधानमन्त्री ओलीलाई पटकपटक हेमोडायलसिसस गरिँदै आएको छ ।