१५ माघ, काठमाडौं ।

संविधान संशोधनपछि सरकार र मधेसी मोर्चाबीच संवाद हिनता भएको बेला प्रधानमन्त्री केपी ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्तामा बोलाएका छन् । संविधान संशोधन गरेको एक सातापछि उनले मधेसी मोर्चालाई वार्तामा बोलाएका हुन् ।

किन जसरी पनि दिल्ली जान चाहन्छन् प्रधानमन्त्री ? भित्री रहस्य

सरकारले संविधान संशोधन मार्फत वार्ता भाडन लागिरहेको बताइरहेको बेला प्रधानमन्त्री ओलीले वार्तामा बोलाएका छन् । संबिधान जारी हुनु अघिदेखि नै मुलुकमा सिर्जना गरिएका समस्याहरु क्रमशः सम्बोधन हुँदै आएको उल्लेख गर्दै प्रधाजनमन्त्री ओलीले माघ ९ गते नेपालको संविधानमा पहिलो संशोधन भएकाले अहिले देखिएका राजनीतिक असहमतिलाई विभिन्न चरणमा हल गर्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

संविधान सम्बन्धी सबैको चासो क्रमशः सम्बोधन हुँदै जाने विश्वास गर्दै उनले असहमति र गुनासाहरु छन् भने वार्ता र सम्बादबाटै तिनको समाधान गर्न सकिने बताएका छन् । सबै पक्षलाई वार्ता र सम्बादमा आउन आह्वान गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, राष्ट्रिय एकता तथा अखण्डताको पक्षमा सरकार सधैं दृढ रहने उनले बताए ।

अव नाका खुल्ने अवस्थामा पुगिसकेको छ- प्रधानमन्त्री