२१ साउन, काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

बालुवाटार छिर्नु अघि प्रचण्ड सचेत, ९ वर्ष अघिको घटनाले डराए

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्यसमेत रहेका महरा प्रधानमन्त्री हुनुअघि पनि प्रचण्डकाको स्वकीय सचिवका रुपमा कार्यरत थिए ।

PM prachanda 65031717

यसैगरी स्वकीय सचिवमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहाल र अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष रमेश मल्ल नियुक्त भएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिए ।

प्रचण्डलाई शुरुमै सफलताको संकेत

प्रधानमन्त्रीको सचिवालयमा कार्कीसहित फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मासमेत नियुक्त भएका छन् । रासस

प्रचण्ड प्रधानमन्त्रीः भारतीय र चिनियाँ मिडियाको प्रतिक्रिया (फिचर)