७ फागुन, काठमाडौं ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले निर्वाचन आयोगमा जादैं छन् ।

फाइल तस्वीर

निर्वाचन दिवसको अवसरमा प्रचण्ड निर्वाचन आयोग जान लागेका हुन् । सत्तारुढ दल कांग्रेस र मधेसी मोर्चासँग छलफल गरे लगत्तै प्रचण्डले आज नै निर्वाचको मिति घोषणा गर्ने तयार गरेको बताइएको छ ।

निर्वाचन आयोगले आगामी जेठ १ र २१ गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रस्ताव गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा नगरेपनि यस अघि नै निर्वाचन आयोगलाई निर्वाचनको तयारी थाल्न पत्राचार गरेको थियो ।