२५ पुष, काठमाण्डौं ।

माघ ८ गते संविधान जारी नहुने निश्चित प्रायः भएपछि प्रधानमन्त्री प्रधानमन्त्री सुशील कोइरालाले कर्मचारीहरुलाई मुलुकलाई बरवाद हुन नदिने आग्रह गरेका छन् । मुलुक बरवाद हुन नदिनुस्,बचाउनुहोस भन्दै प्रधानमन्त्री कोइरालाले अनियमितता देखिए कारबाही गर्न र मिलेर खाने अवस्था सिर्जना हुन नदिन आग्रह गरेका हुन् ।

sushil dai- happy

शुक्रबार बिहान बालुवाटारमा सार्वजनिक खरिद अनुगमन कार्यालयको बार्षिक प्रतिबेदन बुझ्दै प्रधानमन्त्री कोइरालाले आफू सरकारमा आएको पनि करिब १ बर्ष भएपनि भ्रष्टाचार झन बढेको स्वीकार गरे । ट्रान्सपरेन्सी इन्टरनेशनलले झन बढी भ्रष्टाचार भयो भनेको छ उनले भने,‘जे गरेपनि नहुने स्थिति रहेछ,वितेको एक बर्षमा १ जनालाई पनि कारबाही भएन, भ्रष्टाचार गर्नेले गरेकै छ,अनियमिततागर्नेले गरेकै छ ।’

प्रधानमन्त्री कोइरालाले कर्मचारीहरुको कार्यशैलीप्रति पनि असन्तुष्टी जनाउँदै कर्मचारीहरुबाट समेत भ्रष्टाचार रोक्न सहयोग नपाएको बरु कतिपय अवस्थामा भ्रष्टाचारमा साथ दिएको गुनासो गरे ।