२२ मंसिर, काठमाडौं ।

संवैधानिक परिषद्ले डा. अयोधी प्रसाद यादवलाई प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस गरेको छ ।

परिषद्को आज बसेको बैठकले निर्वाचन आयुक्त यादवलाई प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस गरेको सभामुख ओनसरी घर्तीले जानकारी दिइन ।

ayodhi prasad yadav

अव उनको संसदीय सुनुवाई भएर अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ । यादवको कार्यकाल साढे ३ वर्ष बाँकी छ । अझै आयोगमा ३ आयुक्तको पद रिक्त छ ।

प्रमुख निर्वाचन आयुक्तका लागि यादव र इला शर्मा सहित २५ जनाले निवेदन दिएका थिए । त्यसमध्ये वरिष्ठता र अनुभवका आधारमा यादवलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएको हो ।