१५ पुस, काभ्रेपलाञ्चोक।

नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले संविधान संशोधन प्रस्ताव संविधानको भावनाविपरीत भएको बताएकी छिन् ।

फाइल तस्बिर

फाइल तस्बिर

एमाले काभ्रेको जिल्लास्तरीय जनसङ्गठनहरुको अभिमुखीकरण भेलालाई आज बनेपामा सम्बोधन गर्दै नेता रावलले ‘प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भए मात्र सङ्घीयसभामा दर्ता हुने संविधानमा स्पष्ट व्यवस्था भएकाले’ प्रस्ताव दर्ता प्रक्रिया नै संविधान विपरीत भएको बताए ।

कार्यक्रममा एमाले स्कुल विभाग सदस्य गोकुल बाँस्कोटा, जिल्ला अध्यक्ष टोकबहादुर वाइवा, सचिव नारायण पाण्डे, युवा सङ्घ नेपालका उपाध्यक्ष चन्द्र लामा, मोर्चा सङ्गठन प्रमुख कञ्चन अधिकारीलगायतले ‘संविधान कार्यान्वयनमा सरकार नलागेकाले’ त्यसविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिए । रासस