अमेरिकाको एक टिभी सो ‘क्वान्टिको’मा एफबीआइ प्रशिक्षार्थीको भूमिका खेलेर केहि अवार्डहरू बटुलेपछि, प्रियङ्का चोपडाले प्रकाश झाको ‘जय गङ्गाजल’ चलचित्रमा प्रहरी अधिकारीको भूमीका खेलेकी छिन्। सन् २००३ को ‘गङ्गाजल’ चलचित्रका निर्देशक ‘प्रकाश झा’ले निर्देशन गरेको ‘जय गङ्गाजल’ चलचित्रको ट्रेलर पनि रिलिज भइसकेको छ। ‘एसपी अभा माथुर’ पात्रको भूमीका खेलेका प्रियङ्का चोपरालाई एक निडर र हिम्मतशाली महिला प्रहरीको रूपमा देखाउन खोजिएको छ।jai gangaajal trailer

चलचित्रको ट्रेलरमा महिला प्रहरीको भुमिकामा अठोटको साथ समाजमा रहेका कुकृत्यहरूलाई हटाउन तत्पर रहेकी छिन् प्रियङ्का! प्रहरी टोलीमै भएर पनि भ्रष्ट हुन पुगेका अधिकारीहरूलाई जोडको जवाफ दिने हिम्मत भएकी महिलाको रूपमा प्रियङ्कालाई देखाउन खोजिएको छ।

प्रकाश झाले यो चलचित्र २००३ को ‘गङ्गाजल’को सिक्वल नभई एउटा नौलो र छुट्टै कथामा आधारित चलचित्र हो भनेर पनि प्रष्ट पारिसकेका छन्। चलचित्रमा प्रियङ्काले कस्तो प्रस्तुती देखाउने हो भनेर त देख्न बाँकी नै छ। ‘जय गङ्गाजल’ २०१६ मार्च ४ मा रिलिज हुने छ।

‘जय गङ्गाजल’को ट्रेलर भिडियो हेर्नुहोस्-