१ साउन, काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले अहिलेको प्रहरी प्रविधियुक्त हुन नसकेको भन्दै गुनासो गरेका छन् । ५९ औं प्रहरी सञ्चार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले तिब्र रुपमा विकास भएको प्रविधिलाई प्रहरीले सदुपयोग गर्न नसकेको भन्दै गुनासो पोखे ।

स्माट पुलिस अहिलेको आवश्यकता भएपनि अहिलेको प्रहरी प्रशासन सामान्य अवस्था रहेको गृहमन्त्री शर्माको टिप्पणी थियो ।

व्यवशायीकता र पारदर्शीता प्रहरीका महत्वपूर्ण पक्ष भएको भन्दै गृहमन्त्री शर्माले त्यसलाई पनि प्रविधिले नै सहज बनाउने बताए । अहिलेका प्रहरी आफूले पहिले देखेका ठानेदार जस्तो स्मार्ट नभएको उनको भनाई थियो ।

‘हरेक प्रहरी अधिकृतका आ–आफ्नै शाखा र आफ्नै कर्मचारी छन्, त्योे शाखा चलाउन पाइदैन, गहमन्त्री शर्माले भने, ‘कम्पूयटर शाखा र सूचना शाखालाई व्यवस्थित गरौं प्रहरी अधिकृतका व्यक्तिगत शाखा बन्द गारौं ।’

उनले सूचना पत्रकारलाई नभई जनतालाई दिन पनि आग्रह गरे । पत्रकार त सूचनाका माध्याम मात्र भएको गृहमन्त्रीको भनाई थियो ।

https://www.youtube.com/watch?v=8SxAKvrHZvU