२६ भदौ, महोत्तरी ।

महोत्तरीको जलेश्वर लगायत आसपासको क्षेत्रमा बुधवारदेखि लगाईएको कफ्र्यू आज पनि जारी छ । प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर तोडफोड आगजनीमा उत्रेपछि प्रहरीसंग झडप पछी स्थानिय प्रशासनले अनिश्चितकालिन कर्फ्यू जारी गरेको थियो ।

हिजो कफ्र्यूको समय तीन घण्टा घटाए पनि आज पुनः पुर्ण कफ्र्यु जारी गरेको स्थानिय प्रशासनले जानकारी दिएको छ ।

आन्दोलनरत् मधेसी दलका कार्यकर्ताले महोत्तरीमा उपचारका लागि अस्पताल लैजाँदै गरेका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमनबहादुर विकको हत्या गरेपछि कफ्र्युलाई निरन्तरता दिएको छ ।

शुक्रवार विहान आन्दोलनकारीको आक्रमणबाट घाइते भएका विकलाई जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा महोत्तरी गाविस नजिक पर्ने भगवानपुरमा एम्बुलेन्सबाट झिकेर प्रदर्शनकारीले भाटाले हानेर हत्या गरेका थिए ।

विकलाई एम्बुलेन्समा लगेको खबर पाएपछि आन्दोलनकारीले बाटोमा कुरेर एम्बुलेन्स कब्जामा लिई आक्रमण र आगजनी गरेका थिए ।