२६ माघ, दाङ । दाङमा एक निजी विद्यालयका प्रिन्सिपललाई बिप्लव माओवादी निकट विद्यार्थी संगठनका कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाएका छन् ।

धनौरीमा रहेको मिड वेस्टर्न प्वाइन्ट एकेडेमीका प्रिन्सिपल बीरबहादुर घर्तीलाई छात्राहरुलाई यौन दुव्र्यवहार गरेको भन्दै कालोमोसो दलेको हो ।

घर्तीलाई स्कूलको होस्टेलमा बस्दै आएका छात्राहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको आरोप लगाइएको छ । पीडित विद्यार्थीको उजुरीको आधारमा जनकारवाही गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।