६ चैत, एजेन्सी ।

भारतीय कमेडियन कपिल शर्माले प्रेमिकाको तस्विर पोस्ट गरेसँगै उनको विवाहको चर्चा चुलिएको छ ।

यो पढ्नुस् : कपिल शर्माले सुनिल ग्रोवरलाई ‘नोकर’ भनेपछि….

शनिबार एक अखबारलाई अन्तरवार्ता दिँदै कपिलले भने, ‘म मेरो शुभचिन्तकलाई सरप्राइज दिन चाहान्छु र आज म वहाँहरुको प्रतिक्रिया देखेर धेरै खुशी छु । हो, म गिन्नीलाई प्रेम गर्छु र म यो स्वीकार्छु । गिन्नी एकदम सिम्पल केटी हुन् । मेरो जिन्दगीको हरेक उताव-चढावमा साथ रहिन् । मेरी आमालाई पनि एकदमै मनपर्छ र मेरी आमालाई जो मनपर्छ मेरो रोजाई पनि उही ।’

कलेजदेखि चिनजान – गिन्नीलाई आफूले कलेज पढ्दादेखि चिनेको कपिलले बताए । ‘मेरा हेरक उताव–चढावमा उनी साथ रहिन् । केही समयअघि देखि उनलाई राम्ररी जान्न थालेको छु र मैले उनीसँग विवाह गर्ने मनसाय बनाईसकेको छु । मलाई लाग्छ उनीभन्दा असल केटी म पाउँन सक्दिन ।’ कपिलले भने ।

कहिले गर्दैछन् विवाह – विवाह मितिका बारेमा कपिलले अहिलेसम्म मिति तय नभएको तर, अर्को बर्ष हुनसक्ने बताएका छन् । यसबारे उनी हतार गर्न चाहादैनन् र अहिले आफ्नो जीवनको सबैभन्दा सुन्दर क्षणमा रमाइरहेको कपिलले बताए ।

को हुन् गिन्नी – कपिलका भाई अशोक शर्माका अनुसार, कपिल जलान्धारकी भवनीत चतरथसँग विवाह गर्न चाहान्छन्, जसलाई मायाले गिन्नी भनेर बोलाइन्छ । गिन्नी र कपिल ‘हंस बलिए’मा काम गरिसकेका छन् ।