काठमाडौं ।

केही दिन यता पूर्व युवराज पारस साहकी थाइ प्रेमिका भनिएकी कन्निका चाइयर्सन र पारस साहको सम्बन्ध फेसबुकका कारण हेडलाइन बनिरहेको छ । अघिल्लो साता कन्निकाले फेसबुकबाट पारसलाई माइ हज्बेन्ड अर्थात मेरा पति भनेर चर्चामा रहेकी कान्निकाले पारसको पारिवारिक र बैबाहिक स्थितिबारे आफूलाई जानकारी नभएको भन्दै फेसबुक स्ट्याटस लेखेपछि पारसले पनि मुख खोलेका छन् ।

[quote_box_left]कन्निकाको पछिल्लो फेसबुक स्ट्याटसप्रति इङ्गित गर्दै पारस साहले जवाफमा भनेका छन्- ‘मेरो निजी जीवनको बारेमा पछिल्लो समयमा सार्वजनिक भएका समाचार………. साथीहरु म के स्पष्ट पार्न चाहन्छु भने अन्तराष्ट्रिय सञ्चार माध्यममा पटक पटक समाचार आइसकेको र चार वर्ष सम्म सँगै जीवन विताएको मान्छेलाई मेरो परिवार छ भन्ने बारेमा थाहा छैन भन्ने लाग्छ?…. म पनि हेर्छु यो राजनीतिकरुपमा प्रेरित छ र मेरो चरित्र हत्या गर्ने नियत हो’ ।[/quote_box_left]

पारसले ४ वर्ष सम्म लिभिङ टुगेदर गरेको अर्थात सँगै विताएको मान्छेलाई आफ्नोबारेमा जानकारी छैन भन्नु विश्वास गर्न सकिने कुरा हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

paras shahjpg

कन्निकाको पछिल्लो फेसबुक स्ट्याटसप्रति इङ्गित गर्दै पारस साहले जवाफमा भनेका छन्- ‘मेरो निजी जीवनको बारेमा पछिल्लो समयमा सार्वजनिक भएका समाचार………. साथीहरु म के स्पष्ट पार्न चाहन्छु भने अन्तराष्ट्रिय सञ्चार माध्यममा पटक पटक समाचार आइसकेको र चार वर्ष सम्म सँगै जीवन विताएको मान्छेलाई मेरो परिवार छ भन्ने बारेमा थाहा छैन भन्ने लाग्छ?…. म पनि हेर्छु यो राजनीतिकरुपमा प्रेरित छ र मेरो चरित्र हत्या गर्ने नियत हो’ ।

parash answer

केही दिन अघि मात्र नेपालका पूर्वयुवराज पारस साहलाई पति भनेर सम्बोधन गर्दै फेसबुकमा फोटो पोष्ट गरेकी कन्निकाले २ दिन अघि नेपालीहरुसँग क्षमा याचना गरेकी थिइन् ।

kannika

उनले आफूलाई नेपालीहरुसँग चिनजान नहुँदा सम्म पारस र हिमानीको सम्बन्धबारे थाहा नभएको भन्दै उनले नेपालीसाथीहरुसँग कुरा गरेर थाहा पाएको उनको दावी थियो । उनले पारस साहसँगको सम्बन्धबारे धेरै नलेखेपनि उनले आफू सिधा सादा केटी भएको र धेरैले आफ्नो भाषा नबुझ्न सक्ने समेत बताइएकी थिइन् ।

४ वर्षमा स्वदेश फर्किएर पनि २ महिना वित्दा सम्म आफ्नै बाबु आमा तथा पत्निको भेट नपाएका एवं घरमा प्रवेश नपाएका पूर्वयुवराज पारस साहको बैबाहिक अवस्थाबारे प्रश्न उठेको थियो । तर उनले कर्ही समयमा नै उक्त तस्विर डिलिट गरेकी थिइन् ।

parash kanika 3

एक पटक हृदयघातका कारण मृत्युको मुखमा पुगेर फर्किएका पारस साहलाई उनकी प्रेमिका कन्निकाले बचाएको बताइन्छ । नेपाल आएर पनि निर्मल निवासमा प्रवेश नपाएका पारसलाई नभेटी पूर्व राजा ज्ञानेन्द्र पत्नि कोमलसहित भारत गएका थिए ।

[quote_box_right]परिवारमा अझै पनि स्वागत नपाएका पारस साहले आइतबार नै छोरीहरुसँग वी फी अर्थात समूहमा खिचिने सेल्फी तस्विर सार्वजनिक गरेका थिए । उक्त तस्विरमा उनी आफ्ना छोरा छोरीसँग मात्र देखिन्छन् । पत्नि हिमानीसँगको उनको सम्बन्ध अझै पनि समान्यिकरण नभएको तस्विर पनि प्रष्ट पारेको थियो ।[/quote_box_right]

भारतबाट फर्केपछि पनि पारस पत्नि हिमानी र बाबु आमा कसैले पनि उनीसँग भेटेको सार्वजनिक जानकारी छैन । छोराको उद्दण्ड विगत र थाइ युवतीसँगको सम्बन्धकै कारण तनावमा रहेका ज्ञानेन्द्रले स्वेदश फर्किएपनि दरवार प्रवेशको अनुमति नदिएपछि पारस धुम्बाराइस्थित कुण्डलिनी भवनमा बसिरहेका छन् ।

parash selfie 1

परिवारमा अझै पनि स्वागत नपाएका पारस साहले आइतबार नै छोरीहरुसँग वी फी अर्थात समूहमा खिचिने सेल्फी तस्विर सार्वजनिक गरेका थिए । उक्त तस्विरमा उनी आफ्ना छोरा छोरीसँग मात्र देखिन्छन् । पत्नि हिमानीसँगको उनको सम्बन्ध अझै पनि समान्यिकरण नभएको तस्विर पनि प्रष्ट पारेको थियो ।

parash selfie

अघिल्लो साता अघिमात्र चीनको चर्चित पिपल्स डेलीले हिमानी साहको हँसिलो तस्विर सहित हेडलाइन समाचार प्रकाशित गरेको थियो ।