१९ असार, इलाम ।

इलामको फाकफोकथुम गाँउपालिका अध्यक्षमा नेपाली काँग्रेसका रामकुमार श्रेष्ठ र उपाध्यक्षमा नेकपा एमालेकी सरस्वती राई ‘सरु’ बिजयी भएक छन ।

श्रेष्ठले ४ हजार १ सय ४२ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका दिपेन्द्र खनालले ३ हजार ९ सय ७८ मत प्राप्त गरेका छन ।

त्यसैगरी उपाध्यक्षमा ४ हजार २ सय ४१ मतका साथ नेकपा एमालेकी सरस्वती राई ‘सरु’ बिजयी भएकी छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी डालाकुमारी बिष्टले ३ हजार ९ सय ८३ मत प्राप्त गरेकी छन ।

हालसम्म इलामको ८ स्थानिय तहको नतिजा सार्वजनिक भइसकेको छ । नेकपा एमालेले २ नगरपालिका र ३ गाँउपालिकामा बिजय हासिल गरेको छ भने नेपाली काँग्रेसले फाकफोकथुम सहित ३ गाँउपालिकामा बिजय हासिल गरेको छ ।

नतिजा आउन बाकी रहेको सुर्योदय र माइ नगरपालिकामा समेत नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन ।