२५ मंसिर, एजेन्सी।

होन्डुरसको राष्ट्रिय टिमका फुटबल खेलाडी अर्नोल्ड पेरल्टालाई आफ्नै देशमा गोली हानी हत्या गरिएको समाचार छ।

ला सेइबा स्थित एक सपिङ मलको पार्किङ गर्ने ठाउँमा अज्ञात व्यक्तिले पेरल्टालाई गोली हानेको बताइको छ।

arnold-peralta

हत्यामा संलग्नलाई कारबाही दायरामा नल्याएसम्म चुप लागेर नबस्ने सरकारले बताएको अन्तर्राष्ट्रिय मिडिया बताउँछन्।

बिहिबार सार्वजनिक भएको यो खबरमा उनलाई कहिले गोली हानिएको खुलाइएको छैन। उनीसंग रहेका सामानहरु नहराएकोले यो घटना डकैत गर्ने मनसायले नगराइएको बताइएको छ।

पेरल्टा होन्डुरसको राष्ट्रिय फुटबल टिमको लागि डिफेन्सिभ मिडफिल्डर थिए र स्कटिस क्लव रेन्जर्स एफ.सी. को लागि समेत खेल खेल्थे।

संयुक्त राष्ट्रसंगको अपराध र लागुऔषध गतिविधि हेर्ने कार्यलयको अनुसार होन्डुरस पछिल्ला वर्षमा विश्वकै सबैभन्दा बढी हत्या हुने देशको सूचीमा अगाडी छ।