२२ पुस, काठमाडौं । सरकारले दोहोर्याएर स्पष्टीकरण सोधेपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले समय भित्रै स्पष्टीकरण दिने बताएका छन् ।

sushil-gyawali
पुनः स्पष्टीकरणको पत्र प्राप्त भएको पुष्टि गर्दै ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पुन: स्पष्टिकरण पेश गर्न भनी पत्र प्राप्त भएको छ, ज्ञवालीले भनेका छन्, मैले यसअघिको स्पष्टिकरणमा उल्लेखित प्राधिकरणको समन्वयमा सम्बद्ध निकायहरुद्वारा विभिन्न प्रतिकूलता र चुनौतीहरुका बीच भए गरिएका कार्य प्रगति र नतिजाको वस्तुगत अवस्था तथा आधारहरुका साथै प्राप्त पत्रमा उल्लेखित विषयका सम्बन्धमा तोकिएको समयावधि भित्र थप स्पष्ट पार्ने छु ।’

पहिलो पटक दिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले उनलाई हिजो २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।