६ चैत, पोखरा ।पोखराको फेवातलमा डुंगा पल्टीदा बेपत्ता भएका सुरज थापाको खोजी कार्य आज पनि जारी छ ।  पाँच जना चढेको डुंगा हिजो पल्टीदा बाग्लुङका पैयुन्थन्थापका २१ बर्षिय सुरज थापा बेपत्ता भएका थिए। डुंगा पल्टीए पछि दुई जना लाई  एक विदेशी पर्यटकले पौडेर उद्धार गरेका थिए भने दुई जना लाई डुंगावालाले उद्धार गरेका थिए ।   लेकसाइडको ड्रागन आई क्लबमा काम गर्ने उनिहरु फेवातालमा डुंगा खेल्दै  आउने क्रममा फेवातालको विच भागमा डुंगा पल्टीएको बताइएको छ ।

 फेवातालमा बर्षेनी विभिन्न कारण मानिसहरुको ज्यान जाने गरेको छ।  लाईफ ज्याकेटको ब्यस्था गरिए पनि सवैले ज्याकेट लगाउने गरेका छैनन्।