एजेन्सी । विश्वभर लगभग १ अर्ब ३९ करोड (१.३९बिलियन) प्रयोगकर्ता भएको संसारकै ठूलो आमसञ्चारको माध्यम हो,फेसबुक । यसमा हरेक पल संसारका हरेक कुनामा रहेका व्यक्तिले केही न केही हालिरहेका वा हाल्न खोजिरहेका हुन्छन् । त्यसमा के–के पर्छ हामी कल्पनासम्म पनि गर्न सक्दैनौं ।’

गत सोमबार फेसबुक कम्पनीले फेसबुकमा केके पोस्ट गर्न पाइँदैन भन्ने जानकारी सार्वजनिक गरेको छ । समाजमा उत्तेजना तथा हिंसा पैदा गर्ने कुनै पनि सामाग्री फेसबुकमा राख्न पाइने छैन । यद्यपि,यसो गर्दा कसैको सूचनाप्रतिको हक भने कुण्ठित हुन नहुनेमा फेसबुक सचेत रहेको बताइन्छ । फेसबुक प्रयोगकर्ता विभिन्न देशका विभिन्न तह तप्का ,धर्म र समुदायका छन् । जसले गर्दा पनि फेसबुकमा के गर्न हुने वा नहुने भन्नेमा फेसबुक आफैं द्विविधामा थियो ।

facebook-012

अब फेसबुक कुनै पनि हिंसात्मक सामग्री पोस्ट गर्न पाइँदैन । हिंसालाई बढावा दिने वा त्यसको समर्थन गर्ने खालका सामग्री पनि निषेध गरिएको छ । त्यस्तै आतंकवादसँग संलग्नता देखिने सामग्री पनि राख्न पाइँदैन । कसैलाई गाली बेइज्जती गर्न फेसबुकमा निषेध गरिएको छ । आत्महत्या गर्न अभिप्रेरित गर्ने सामग्री पनि निषेधको सूचीमा राखिएको छ ।

फेसबुकमा सुरुदेखि नै अश्लील क्रियाकलापका सामग्रीमा बन्देज लगाइएको छ । महिलाहरुले खुल्ला स्तन देखाएको फोटो राख्न नपाए पनि आमाले शिशुलाई स्तनपान गराइरहेको फोटो राख्न भने कुनै बन्देज छैन ।

यति सबै हुँदा पनि फेसबुकले प्रयोगकर्ताको सामग्री आफैं स्क्यान गरेर भने हटाउने छैन । यसका लागि प्रयोगकर्ताले नै उजुरी गर्नुपर्छ र उजुरी गरेको ढिलामा ४८ घन्टाभित्र यस्ता सामग्री हटाइन्छन् । आजको नागरिक दैनिकमा खबर छ ।