५ भदौ, लहान । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत असोज २ गते २ नं प्रदेशमा हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सिरहाको चार नगरपालिका र तीन गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरेको छ ।

फोरमले सिरहाको लहान नगरपालिकाकाको प्रमुखमा वैधनाथ साह, उपप्रमुखमा रिता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने गोलबजार नगरपालिकाको प्रमुखमा कृष्णकुमार सिंह र उपप्रमुखमा रेनुका यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिए ।

त्यसैगरी सिरहा नगरपालिकाको प्रमुखमा अशेश्वर यादव तथा सुखीपुर नगरपालिकाको प्रमुखमा लक्ष्मण चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने भगवानपुर गाउँपालिका प्रमुखमा बेचनप्रसाद यादव, उपप्रमुखमा सीतादेवी यादव, सखुवानन्कारकट्टी गाउँपालिका प्रमुखमा रामनारायण यादव, उपप्रमुखमा शोभा यादव तथा अर्नमा गाउँपालिकाको प्रमुखमा अशोककुमार यादवलाई उम्मेदवार बनाउने निर्णय भएको केन्द्रीय सदस्य यादवले बताए ।

बाँकी रहेका नगरपालिका र गाउँपालिकामा समेत भदौ १० गतेभित्र उम्मेदवार तय गरीसक्ने उनले बताए ।