साहसिक बन्जीको वर्णन आवश्यक छैन्, बन्जी हान्न साहस राम्रै चाहिन्छ । कतिपय मानिस त बन्जी हान्न भनेर पुग्छन् तर डरलाई जित्न नसकेर जम्प गर्ने ठाउँबाट फर्कन्छन्।

बन्जीका अनुभव भएकाहरु भन्छन्-बन्जी गर्न त समय लागेन तर बन्जी गर्ने हिम्मत जुटाउन समय लाग्छ।

सिन्धुपाल्चोकको भोटेकोशी गापामा सन् १९९९ देखि सञ्चालनमा रहेको साहसिक खेल बन्जीजम्पमा मस्त युवती । यहाँ प्रतिदिन ३० देखि ४० स्वदेशी तथा विदेशी युवायुवती बन्जी खेल्न र अन्य मनोरन्जनका लागि आउँछन् । यो तस्वीर यही जेठ ११ गते एक नेपाली युवतीले जम्प गर्दा लिइएको हो । बन्जी जम्प गर्न स्वदेशीलाई रु.छ हजार ३०० र विदेशीलाई ९२ डलर शुल्क लिने गरिन्छ । तस्वीर: रत्न श्रेष्ठ, रासस ।
बन्जी एउटा साहसी खेल । जम्प गर्नु अघि हिम्मत जुटाउन हम्मे हम्मे पर्ने अनुभवीहरु बताउँछन्, तर एकपटक हामफाली सकेपछि भने सकियो भन्दा हुन्छ। भोटेकोशी नदी तिब्बतमा उत्पति भएर नेपाल प्रवेश गर्ने नदी हो। यो नदी सप्तकोशी नदीको सहायक नदी पनि हो ।पहाडी खोंच हुदै बग्ने यो नदीको तेज बहावका कारण यो नदी विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै प्रशिद्द छ।तस्वीर: रत्न श्रेष्ठ, रासस । 
गृहमन्त्री रामबहादुर थापा, सिन्धुपाल्चोक जिल्लाका सांसद अग्नी सापकोटा सिन्धुपाल्चोकको भोटेकोशी गापा– ५ मा सञ्चालित साहसिक खेल बन्जी जम्पको अवलोकन गर्दै। नेपाल र चीनबीच जोडिएको नाका तातोपानीमा रहेको मितेरी पुल निर्माणको अवलोकन गर्ने क्रममा साहसिक खेल बन्जी जम्पको पनि अवलोकन गरेका हुन् । तस्वीर :रत्न श्रेष्ठ, रासस ।
बन्जी जम्पिङ गर्ने भोेटेकोशीमा वर्षेनी नेपाली तथा विदेशी पुग्छन् । काठमाडौंबाट करिब तीन घण्टामा पुग्न सकिने भोटेकोसीमा बन्जी जम्पिङ गरेर, तिब्बतको सिमानामा रहेको तातोपानीमा नुहाएर एकै दिनमा काठमाडौं फर्कन सकिन्छ।तस्वीर: रत्न श्रेष्ठ, रासस ।