१० वैशाख, काठमाडौ ।

विनाशकारी भुकम्पले ध्वस्त बनाएको नेपाली सेनाको मुख्यालय एक बर्षपछि बन्ने भएको छ ।

आज प्रधानसेनापति राजेन्द्र क्षत्रीले नयाँ निर्माण हुने जंगी अड्डा भवनको विधिवत रुपमा शिलान्यास गरेका छन् । विनाशकारी भुकम्पका कारण नेपाली सेनाको विभिन्न स्थानमा रहेको ११ सय ९ वटा भौतिक संरचनाहरु क्षतिग्रस्त भएको मध्ये सैनिक मुख्यालयको भवन समेत पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

army headquarter rebuilding (1)

करिब २ लाख ८५ हजार वर्ग फिट क्षेत्रफलमा नयाँ निर्माण हुन लागेको भूकम्प प्रतिरोधात्मक जंगी अड्डाको आधुनिक भवन आगामी २ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।

army headquarter rebuilding (2)