ब्रिटिससंग लडने नेपाली भारतसंग झुक्दैन
भारतीय प्रधानमन्त्री मोदीले नेपालको स्वतन्त्रता अखण्डताको बारेमा जसरी बोलेका थिए । बुद्धको देश पशुपतिनाथको देश भनेर भनेका थिए । पहिला बल्वभाई पट्टेलले नेपाललाई खान खाजेका थिए । भारत स्वतन्त्र भएपछि नेपाललाई पनि त्यही सुरुमै खतम गर्न खाजेका थिए तर सम्भव भएन । नेहरुले हिमालयसम्म हिन्दुस्थान भन्दा विपीले आपत्ति जनाउनु भएको थियो । नेपाल कसैको अधिनमा बसेन । नेपाल मात्र यस्तो राष्ट्र हो, ब्रिटिसको उपनिवेशको रुपमा नेपालले आफ्नो अस्तिवत्व जोगाउन सफल भयो । व्रिटिससँग लडने नेपाली अहिले भाग्छ ?

भारतले नेपाल कब्जा गर्न सक्दैन
२१ औं सदाब्दीमा भारतले जति शक्तिशाली भएपनि नेपालको स्वतन्त्रता,सार्वभौमिकता र अखण्डतालाई विर्गान सक्दैन । नेपाल कुनै पनि हालतमा पराधिन भएर बस्न सक्दैन र बस्न चाहदैन । भारत आफ्नो गलत सोच चिन्तमा चुर्लुम्म डुबेर गतल विचारबाट सञ्चालित भारतको नीति असफल भइसकेको छ ।

[quote_box_center]मलाई पिटोस, मारोस खाल्डोमा हालोस, पुरोस, झुण्डयाओस मलाई मतलब छैन । चाहे पदमा हुँदा या नहुँदा मैले भन्दै आएको छु । म कसैसंग दब्नेवाला छैन । म प्रधानमन्त्री हुँदा इन्दिरा गान्धीले पञ्चेश्वरको कुरा गर्नु भो । मैले उहाँलाई अध्ययन नगरी पञ्चेश्वरको कुरा अगाडि बढन सक्दैन भनेर हिम्मत गर्ने व्यक्ति मै हुँ । मैले गान्धीले भन्ने वित्तिकै पञ्चेश्वर हुन्छ दिन तयार छु भनिन् ।[/quote_box_center]

कुनै पनि हालतमा नेपालसंग मिलेर बस्नै पर्छ । भौगौलिक दृष्टिबाट सत्यता यही हो । भारतले नेपाल कब्जा गर्न सक्दैन । एक नेपाली जिउँँदो रहेसम्म भारतसँग लड्न र मर्न तयार छ ।

Kritinidhi bista ex-prime minister (4)

किर्तिनीधि विष्ट, पूर्वप्रधानमन्त्री

त्यसकारण पनि भारतले नेपाल कब्जा गर्न सक्ने छैन । अहिलेको भारतको सोच गलत हो । सपना कहिले पनि विपनामा परिणत हुँदैन । यदि गल्ती गर्‍यो भने भारत आफै दुःखमा डुब्छ ।

भारतसंग कुनै हालतमा आत्मसमर्पण गर्नु हुँदैन
भारतले नाकाबन्दी लगाएर मुलुकलाई घाटी निमोठने काम गरेको छ । यस्तो बेलामा आफ्ना कुरा नेपालले जोडतोडको साथ उठाउनु पर्छ । भारतसंग कुनै हालतमा आत्म समपर्ण गर्नु हुदैन । बरु मर्नुपर्छ । त्यो नेपालीत्व हो । तब मात्र नेपाल र नेपालीको उन्नती र समृद्धि हुन्छ । स्वाभिमान र गौरब बढ्छ ।

[quote_box_right]सबै नेपालीले खबरदार भन्नुपर्छ । स्वतन्त्र राष्ट्रको हैसियताले अहिलेको जुन अन्तर्राष्टिय मुल्य मान्ता विपरीत काम गरिरहेको छ । यसले फाइदा हुँदैन । यसो गर र उसो गर भनेको भरमा हुँदैन । नेपाल नोकर हो ? इण्डिया मालिक हो ? नेपाली मर्न तयार छ ।[/quote_box_right]

नेपालले आफ्नो स्वतन्त्रता आजसम्म कायम राखेको छ । अहिले भारतको प्रगति गरेको छ । म प्रधानमन्त्री हुँदा भारतले नेपालबाट केही डलरको सहयोग हुन्छ कि भनेको थियो । म नै जिऊदो छु । भारत आज विकासको बाटोमा लम्कियो भन्दैमा नेपालमाथि अनादर र उपेक्षा गर्न मिल्छ ? भारतको भाग्य नै नेपालसंग जोडिएको छ किन धेरै निहुँ खोज्नु ? नेपाल सानो छ । नेपालमा राष्ट्रप्रतिको प्रेम भारतको भन्दा कमी छैन । भारतले बुझ्न नसकेको कुरा नै त्यही हो । नेपालले अझसम्म भारतले झगडा गर्न खाजेको छैन । भारतसंग विगतमा भुल र कमजोरी भयो त्यसबाट भारतले फाइदा लियो होला । तर अब सम्भव छैन । नेपालले स्वतन्त्रता कायम गरेर अगाडि बढ्छ ।

राष्ट्रको लागि बोल्ने तागत र साहसको खाँचो
म प्रधानमन्त्री हुँदा आफ्नो स्वार्थ र पार्टी सञ्चालन गर्नको लागि अरु स्वार्थ लिएर समुहको लागि बोलिन । मलाई पिटोस, मारोस खाल्डोमा हालोस, पुरोस, झुण्डयाओस मलाई मतलब छैन । चाहे पदमा हुँदा या नहुँदा मैले भन्दै आएको छु । म कसैसंग दब्नेवाला छैन । म प्रधानमन्त्री हुँदा इन्दिरा गान्धीले पञ्चेश्वरको कुरा गर्नु भो । मैले उहाँलाई अध्ययन नगरी पञ्चेश्वरको कुरा अगाडि बढन सक्दैन भनेर हिम्मत गर्ने व्यक्ति मै हुँ । मैले गान्धीले भन्ने वित्तिकै पञ्चेश्वर हुन्छ दिन तयार छु भनिन् । अहिले त्यो आँट गर्ने राष्ट्रको लागि बोल्ने साहस तागत देखाउने बेला आएको छ । मैले त प्रधानमन्त्री कति पटक छोडे किन थाहा छ ?

भिडियो हेर्नुस्

भारतले यस कारण हेप्न खोज्छ
भारत जहिले पनि नेपालमा अस्थिरता मच्चकाएर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छ । नेपाल भारतसंग कहिले पनि अमैत्रिपूर्ण शत्रुतापूर्ण व्यवहार गरेको छैन । भारतको नेपालको सम्बन्ध विस्तृत छ । संस्कृति, सभ्यता, कला सोचमा निकै सुमधुर सम्बन्ध छ । सम्बन्ध फलदायी बनाउने नाममा भारतलाई मात्र फाइदा हुने गरेर होइन नेपालले पनि फाइदा हुन किसिमबाट मित्रतालाई अगाडि बढाउन सके भारतलाई पनि आनन्द हुन्छ ।

भारतको आँखा नेपालको पानीमा
मोदीले गल्ती गरे । भारतले आफ्नो नीति सु्धार गर्नुपर्छ । नेपालमाथि भारतले पहिलादेखि नै हस्तक्षप गर्ने नीति फेर्ने पर्छ । यो भारतको हितमा छ । किनभने भारतले जे भनेपनि नेपालमा धेरै निर्भर हुनुपर्छ । नेपाल शतप्रतिशत व्यापारमा भारतसंग निर्भर छ । नेपालमा अथाह सम्पत्ती छ । त्यो सम्पत्ती पानी हो । हिरा मोती भन्दा पनि बहुमुल्य छ । पानी विश्वको लागि हो ।

Kritinidhi bista ex-prime minister (2)

सबैले पानीमा आँखा गाडिरहेका छन् । भारतले नेपालको पानीमा आँखा गाडेको छ । विगतमा भूल भयो भूल अब नेपालले सच्याउनु पर्छ । हाम्रो सन्तान नेपालमा बस्छन नि ! हजारौ बर्षदेखि श्रंखला चलिरहेको छ । सन्ततीको भाग्यसंग खेलवाड गर्न मिल्दैन । नेपालको सम्पत्ती भनेको पानी हो । संसारमा पानी भन्दा महत्व केही पनि छैन । सम्पत्ति सुम्पिएर बस्न नेपाल तयार छैन । भारतले दबाउने हेप्ने काम गरे त्यसको मुकाबिला गर्न नेपाल तयार छ ।

भारत नेपालमा शान्ति चाहदैन
नेपाललाई भारतले साच्चिकै सहयोग पर्‍याएर अगाडि बढेको देख्न चाहन्थ्यो भने, निपन क्वय भन्ने जापनिज कम्पनीले दस हजारको मेगावाट बिजुली निकाल्ने भनेर म प्रधानमन्त्री हुँदा प्रस्ताव पेश गरेको थियो । तर भारतले त्यो योजना सफल हुन दिएन । नेपालमा भारतको स्वार्थ बढी छ । नेपालको हित भन्दा आफ्नो स्वार्थ बढी छ । भारतले नेपालमा ठूला जलविद्युत आयोजनाहरु सफल हुन दिने पक्षमा छैन । यो कुरा सबैले बुझ्नु पर्छ ।

ओलीको अडानको सम्मान गर्छु
सरकारले हरेक प्रकारले विपतको अवस्थामा सम्पर्ण विकल्प अगाडि सार्नुपर्छ । कुनै पनि जता बाचुन जनता नमरुन हरेक किसीमको विकल्प खाजेर जाततालाई सेवा दिनुपर्छ । सरकारले दयाँबायाँ केही नसोची जनतालाई सेवा दिने ठूलो काम हो । सरकारले यतिखेर सम्पर्ण भावका साथ काम गर्नुपर्छ । दुःखको बेला नै हो जनताले साथ खोज्ने । साथ खोज्दा जस्तोसुकै जोखिम मोलेर पूरा गर्नुपर्छ । ओलीले अगाडि सारेको राष्ट्रिय स्वाभिमानको म सम्मान गर्छु । तर कार्यान्वयन पनि होस भन्ने चाहन्छु ।

Kritinidhi bista ex-prime minister (3)

नाकाबन्दी मानताविरुद्धको आक्रमण
अब भारतलाई यो भन्नुपर्छ–नेपालमा तिम्रो अधिकार छैन नेपाललाई दुःख दिने मानवता विरुद्ध को आक्रमण हो । यसलाई तिमीलाई फाइदा पुर्‍याउँदै भनेर सडक गाउं हुँदै टोलटोसम्म भन्नुपर्छ । कुना काप्चामा भन्नुपर्छ । सबै नेपालीले खबरदार भन्नुपर्छ । स्वतन्त्र राष्ट्रको हैसियताले अहिलेको जुन अन्तर्राष्टिय मुल्य मान्ता विपरीत काम गरिरहेको छ । यसले फाइदा हुँदैन । यसो गर र उसो गर भनेको भरमा हुँदैन । नेपाल नोकर हो ? इण्डिया मालिक हो ? नेपाली मर्न तयार छ । भारतले गल्ती नगरोस । अनुरोध त्यही छ ।

चीन नेपालको सम्मान गर्छ, भारत सधै अपमान गर्छ
कुनै पनि राष्ट्रले यसरी आफ्नो आन्तिरिक रुपमा हस्तक्षेप गर भनेर निमन्त्रणा दिदैन । दिनुहुँदैन । सार्वभौम स्वतन्त्रता जोगाउन मार्सिन चेन्नीले यतिसम्म भनेका थिए कि नेपाल कब्जा गर्न खोजे भने चीन आउन तयार छ । चीनले सदा नेपालको सम्मान गरेको छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन र गर्न पनि चाहदैन । तर पनि भारत भने हरे पाइला पाइलामा नेपालमाथि अपमान हुने खालको काम गर्दै आएको छ । चीनले पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षप गर्‍यो भने चीन र भारतको बीचमा के फरक भयो र ? चीनले कहिले पनि त्यसो गर्दैन ।

चीन जस्तो सुकै सहयोग गर्न तयार
हामीले विगतमा कमजोरी गरेका छौं । त्यसलाई स्वीकार गरेर अगाडि बढ्नु पर्छ । कमजोरीको सट्टा तागत देखाउनु पर्छ । शिथिलताको सट्टा सक्रियता देखाउनु पर्छ । यथास्थितिको सट्टामा अगाडि बढ्नु पर्छ । विगतदेखि नै व्यापारिक सम्झौता गरेर अघि बढेको भए आज यो परिस्थित आउने थिएन । तर पनि चीनले जसरी अगाडि आएर सहयोग गरेको छ त्यो सानो र ठट्टाको कुरा होइन । केही होइन भन्ने कुरा होइन । चीन चाहन्छ नेपाल स्वतन्त्र रहोस, नेपालको सार्वभौम सत्ता कायम होस नेपालले पनि विकास गरोस र छिमेकीको नाताले नेपालको शान्ति उन्नति, दुःख र कष्ट गरिबीको कारण भएको छ । जसलाई हटाउने सक्दो सहयोग गर्न चीन तयार छ । अहिले पनि तयार छ । पछि पनि तयार रहनेछ ।

हेडलाइन्ससँगको विशेष संवादमा आधारितः सम्पादक