३ मङ्सिर, गौशाला, । महोत्तरीको उत्तरवर्ती बर्दिवास गाविसमा आज बिहान दुईवटा बम बरामद भएको छ । बर्दिबास गाविस–९ स्थित बुद्धचौकमा जलेश्वर बर्दिवास  सडकखण्डको बीच बाटोमा ती बम फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सो बम छुट्टाछुट्टै दुई स्थानमा दुईवटा रेडबुल पेयपदार्थको बट्टामा बारुद भरिएको अवस्थामा बरामद भएको तथा सोही बट्टाभित्र रातो कपडामा संयुक्त मुक्ति मोर्चा लेखिएको समेत भेटिएको प्रहरी निरीक्षक अशोक झाले बताए । सो बमलाई जिल्लाको गौरीबासस्थित नेपाली सेना शेरगणको बम डिस्पोजल टोलीले निष्क्रिय छ । रासस