फिल्ममा सधै हाई-फाई जीवनशैलीमा देखिने फिल्मका स्टारहरुको वास्तविक जीवन पनि धेरै स्टाइलीश हुने गरेको छ। आलीशान घर, स्वीमिङ पुल, बगैँचा, जीम आदी ऐश आरामका सबै चिज छ यी स्टारहरुसंग। यी त भए घर अनि घर भित्रका कुरा, यदि कुरा शुटिङको गर्ने हो भने, शुटिङको बेला प्रयोग गरिने भ्यानिटी भ्यानमा पनि टक्कर नै छ स्टारहरुमा।

वरुण धवन

Vanity Van 1
वरुण धवनले केही समय अगाडी ट्वीरमा आफ्नो नयाँ भ्यानीटी भ्यानको फोटो सेयर गरेका थिए। ‘मेरो पुरानो भ्यानिटी भ्यान एउटा घटनाको शिकार भएको थियो। यो हो मेरो नयाँ भ्यानिटी भ्यान’ भनि ट्वीटरमा उनले लेखेका थिए। उनको पुरानो भ्यानिटी भ्यान ‘मै तेरे हिरो’ को सुटिङको समयमा बैंककमा हुँदा आगो लागेको थियो।

करीना कपूर

Vanity Van 2
करीना कपूरको भ्यानिटी भ्यान अन्य बलिउड नायिकाहरुको तुलनामा अलि महंगो र स्टाइलिश छ। साथै प्रयोग भएका सामान अनि उपकरणहरु पनि पर्याप्त छन्।

सलमानको मेगा भ्यानिटी भ्यान

Vanity Van 3
शाहरुखको जस्तै सलमानको बस पनि आलिशान छ। यसमा मेकअप रुप, पढ्नको लागि छुट्टै कोठा, खाटहरु साथै सुपर स्टारलाइ चाहिनै सबैकुरा उपलब्ध छ। नुहाउनको लागि शावर र मुड अनुसार बल्ने बत्तिहरु जडान गरिएका छन् सलमान को बसमा।

शाहरुख खान

Vanity Van 4
पछिल्लो २ दशक देखि बलिउड स्टार्सका भ्यानिटी भ्यान डिजाइन गर्दै आएका दिलीप छाबडियाले शाहरुखको भ्यानिटी भ्यान डिजाइन गरेका हुन। १४ मिटर लामो यो भ्यानिटी बसमा मेकअप, शावर, टीभी, बेडरुम र मिटीङ रुम छुट्टाछुटै छन्। बसमा नै जिम गर्नको लागि पनि सुविधा छ। शाहरुखको मुड अनुसार भित्रका लाइटहरु मिलाइएका पनि छन्।

अक्षकुमार

Vanity Van 5
अक्षकुमारले आफ्नो भ्यानिटी भ्यानको नाम अगस्त्य राखेका छन। सेतो रंगको अक्षको भ्यानिटी भ्यान हेर्दामा निकै राम्रो देखिन्छ। घरको जस्तो भान गराउछ अक्षको भ्यानले।

ऋतिक रोहन

Vanity Van 6
१२ मिटर लामो ऋतिकको भ्यानिटी भ्यानको अगाडीको भागमा अफिस र आराम गर्ने कोठा छ। भ्यानमा बेड अनि शावरको सुविधा पनि छ। बेडरुममा ४२ इन्चको एलसीडी टीभी र आराम गर्ने कोठामा ५२ इन्चको एलसीडी टिभी छ।

आलिया भट्ट

Vanity Van 7
आलियाको भ्यानिटी भ्यानको डिजाइन उनी जस्तै चन्चले छ। अलग अलग रंगले सजिएको छ आलियाको भ्यान।

रणवीर कपुर

Vanity Van 8

रणवीर कपुरको भ्यानिटी भ्यान भरि पुराना फिल्मका पोस्टर टाँसिएका छन्। रणवीरलाइ मन पर्ने कुराहरुले भरिएको छ यो भ्यानिटी भ्यान।

प्रियंका चोपडा

Vanity Van 9
प्रियंका चोपडाको भ्यानिटी भ्यानमा मेकअप रुम, आरामको लागि र संगीतको लागि छुट्टै कोठाहरु रहेका छन्।

अजय देवगण

Vanity Van 10
अजय देवगणको भ्यानिटी भ्यान अरुभन्दा भिन्न छ। डिजाइन र आकार र प्रयोग भएका उपकरणहरुको मामलामा भने यो भ्यान जोडदार छ।