एजेन्सी ।

गौहर खान बलिउडबाट भन्दा बढी बिगबोसबाट चर्चामा आएकी अभिनेत्री हुन् । टेलिभिजन देखि सिनेमा र मोडलिङमा अव उनलाई नचिन्ने कमै होलान् । तर उनलाई बलिउडकी सबैभन्दा विवादास्पद अभिनेत्रीको दर्जा दिइएको छ ।

चर्चित भएपनि गौहरले गालामा चड्कन खाने देखि अनेक लाजमर्दा अवस्थाको सामाना गर्नु परेको छ ।

gauhar khan controversies 1१८ वर्षको उमेरमा फेमिना मिस इण्डियामा चौथो स्थान हात पारेकी गौहरले त्यसै वर्ष नै भारतको तर्फबाट मिस इन्टरनेशनलमा समेत सहभागी भइन् ।

gauhar khan controversies 2

केही म्यूजिक भिडियोको चर्चा बाहेक गौहरको चर्चा खासै थिएन् । सन् २००९ मा उनले एक टेलिभिजन शो होष्ट गरिन् । यो सँगै मोडलिङको बाटो पनि खुलेको थियो ।

gauhar khan controversies 3

गौहरले मनीष मल्होत्रा, नीता लुल्ला, रितु कुमार जस्ता चर्चित डिजाइनरका लागि र्‍याम्पमा हिँडिन् ।

तर मोडलिङकै कारण उनले कपडा फुस्किने समस्या वार्ड्रोब मालफ्क्शनको घटना ब्यहोर्नु पर्‍यो ।

gauhar khan controversies

केही समय सम्म छायाँमा परेकी उनले १२ वटा आइटम गीतमा डान्स गरिन् । उनको सबैभन्दा चर्चित आइटम वान्स अपअन ए टाइम इन मुम्बई को ‘परदा परदा’ र इशकजादेमा ‘झल्ला वल्ला’, छोकरा जवान’ लाई मानिन्छ ।

gauhar khan controversies 5

बिगबोस ७ मा सहभागी भएकी उनको चर्चा खासमा बल्ल शुरु भयो र प्रतियोगितामा विभिन्न विभाद झेल्दै र होष्ट सलमान खानको गाली खाँदै उनले प्रतियोगिताको उपाधि नै जितिन् ।

gauhar khan controversies 4

gauhar khan controversies 6

कुशल टण्डनसँग बिगबोसमा अनेक हर्कत गरेकी उनले कुशलललाई प्रेमी नै बनाइन् । तर उनका यस अघि नै दीपिका पादुकोनका एक्स ब्यायफ्रेन्ड निहार पाण्ड्यासँग चक्कर चलेको थियो ।

gauhar khan controversies 7

गौहरलाई एक कार्यक्रममा एक युवकले चड्कन समेत हानेका थिए ।

gauhar khan controversies 8