३ साउन, काठमाडौं ।

सिंगापुरमा जारी १९ वर्ष मुनीको आइसीसी विश्वकप छनौट क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । भर्खरै सकिएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ५९ रनको विजय लक्ष्य नेपालले ९ दशमलब ५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक २३ रन बनाए भने प्रनित थापा मगर १८ रनमा नटआउट रहे ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको मलेसिया २५ दशमलब ५ ओभरमा ५८ रनमा अलआउट भएको थियो । मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न आज पनि कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए । उनले हिजो सिंगापुर विरुद्धको खेलमा पनि ५ विकेट लिएका थिए । आज पवन सर्राफले ३, किशोर महतो र सन्दिप सुनारले एक÷एक विकेट खसाले ।
नेपालले अव पर्सी अफगानिन्तानसँग प्रतिष्प्रधा गर्नछ ।