३ जेठ, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको बलेफि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केदार क्षेत्री र उपाध्यक्षमा कमल कायस्थ विजयी भएका छन् ।

क्षेत्रीले ३ हजार २ सय ३१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धि नेकपा माओवादी केन्द्रका गंगाबहादुर तामाङले ३ हजार ५७ मत मात्र ल्याए ।

उपाध्यक्षमा कायस्थले ३ हजार ३ सय ६८ मतले विजयी भएकी हुन् । उनले माओवादीकी उमेद्वार दुर्गा नेपाललाई पराजित गरिन । नेपालले २ हजार ९ सय ३८ मत मात्र प्राप्त गरिन् ।