२४ बैशाख, काठमाडौं ।

विनाशकारी भूकम्पपछि नेपालको संसदीय बैठक पहिलो पटक आज बस्दैछ । संसदबाट भूकम्प पीडितको उद्दार, राहत तथा पुनःनिर्माणका सम्बन्धमा संकल्प प्रस्ताव पारित गर्ने सहमति ३ दलबीच यस अघि नै भैसकेको छ ।

तर एमाओवादीका नेता डा बाबुराम भट्टराईले भने संसद बैठकले कर्मकाण्डे संकल्प प्रस्ताव मात्र पारित गर्नु भन्दा अरु काम गर्नु पर्ने बताएका छन् । यस्तो संकल्प प्रस्ताव भन्दा महाभूकम्पबाट पीडित जनतालाई तत्कालीन रुपमा आवास, खाद्य, शिक्षा र स्वास्थ्य यी ४ आधारभूत कुराको पूर्ण जिम्मेवारी राज्यले लिने गरी निर्णय गर्नु पर्ने उनको भनाइ छ ।

फेसबुकमा उनले यस्तो लेखेका छनः आजदेखि शुरू हुने व्यवस्थापिका-संसदको वैठकले कर्मकाण्डे संकल्प प्रस्ताव मात्र पारित गर्नु सट्टा महाभूकम्पबाट पीडित जनतालाई तत्कालीन रुपमा आवास, खाद्य, शिक्षा र स्वास्थ्य यी ४ आधारभूत कुराको पूर्ण जिम्मेवारी राज्यले लिने ग्यारेन्टी गर्ने र दीर्घकालीन रुपमा उच्चस्तरीय अधिकार सम्पन्न ” राष्ट्रिय पुनर्निर्माण/नवनिर्माण प्रधिकरण” मार्फत ठोस योजना र कार्यक्रम बनाएर लागू गर्ने निर्णय गर्नुपर्यो!
नत्र गासवास विहीन जनतालाई निरस संसदीय वहस ‘कौवालाई वेल पाक्यो हर्ष न विस्मात’ हुनेछ!

Baburam status on Samsad Baithak