१७ मंसिर, काठमाण्डौँ ।

उपप्रधान एवम् ऊर्जामन्त्री टोप बहादुर रायमाझीले बाबुराम भट्टराईको पार्टी परित्याग कुनै नौलो नभएको बताएका छन् ।

एमाओवादी सचिव समेत रहेका रायमाझीले पार्टीको केन्द्रिय कमिटिको बैठकमा आफ्नो धारणा राख्दै भट्टराईले ३२ वर्षको अन्तरालमा १६ पटक पार्टी छाडीसकेकाले उनको पार्टी परित्याग कुनै नौलो नभएको बताएका हुन् ।

Urja mantri Top bahadur rajayamajhi

भट्टराई पक्षधर र भट्टराईपछिका दास्रो वरियताका नेताका रुपमा परिचित रायमाझीले भट्टराईको सन्काहा कदमलाई साथ दिन नसकिने बताउँदै उनको नयाँ शक्ति निर्माण अभियान सफल नहुने दावी गरे ।

‘मेरो राजनीतिक जीवनको बावुरामसँगका ३२ बर्षमा मैले सम्झे थाहा पाएसम्म उहाँले १६ पटक पार्टी छोड्नु भयो ।’ उनले भने– ‘बाहिरकालाई के थाहा उहाँले कति पटक पार्टी छोड्नु भयो र कति दुख दिनु भयो’ ।

साथै बैठकमा भट्टराईमा माक्र्सवाद, लेनिनवाद र माओवाद समेत छोडेर बैचारिक विचलन देखा परेको समेत बताएका थिए । पार्टी अध्यक्ष प्रचण्डले तयार पारेको दस्तावेजमाथी आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

रायमाझी बाबुराम पार्टीमा रहँदासम्म उनका सबैभन्दा निकट नेता मानिएका थिए । यस अघि बाबुरामको नयाँ शक्तिबारे समेत उनले वकालत गर्दै आएका थिए । तर बाबुरामले उनलाई साथ नलिइकन पार्टी छोडेपछि भने बाबुरामाथि आक्रामक देखिएका छन् ।

बाबुराम गुटकै भएका कारण उनलाई प्रचण्डले उपप्रधानमन्त्री सहित सरकारमा पार्टीको नेतृत्व गर्न दिएका थिए ।