एजेन्सी ।

दक्षिण भारतीय चलचित्र उद्योगको चलचित्र ‘ बाहुबली ’ मूलरुपमा हिन्दी भाषी चलचित्र नभए पनि भा.रु. पाँच सय करोड क्लबमा प्रवेश गर्ने पहिलो
दक्षिण भारतीय चलचित्र बनेको छ ।

दक्षिण भारतीय चलचित्रकर्मी एस.एस. राजामौलीको यो चलचित्र पहिलो प्रदर्शनको चार हप्तापछि पनि संसारभर दुई हजारभन्दा बढी चलचित्र हलहरुमा प्रदर्शन भैरहेको छ ।

bahubali 1

दर्शक वा चलचित्र समीक्षकहरुले मात्र नभई स्वयं बलिउडका चर्चित कलाकारहरुले पनि यो चलचित्रको प्रशंसामा थुप्रै शब्द खर्च गरेका नवभारत टाइम्सले जनाएको छ ।

चलचित्र प्रदर्शनको चार हप्तापछि पनि दर्शकमाझ यो चलचित्रप्रति निकै नै चासो रहेको छ र पाँच सय करोडभन्दा बढीको आँकडा पनि सजिलै चुम्ने विश्वास
गरिएको छ । साथै यो चलचित्र दक्षिण दक्षिण भारतीय चलचित्र उद्योगमा सबैभन्दा बढी कमाउने चलचित्र पनि भएको छ ।

यसै गरी यो चलचित्रले सबैभन्दा कम समयमा भा.रु.एक सय करोड कमाउने रेकर्ड पनि कायम गरिसकेको छ ।