२० पुस, एजेन्सी।

सन् २०१५ को ब्लकबस्टर फिल्म ‘बाहुबली’को दास्रो भाग ‘बाहुबली–२’को फ्यानका लागि एक दुखत् खबर छ । सन् २०१७ को २८ अप्रिलमा रिलिज हुने भनिएको ‘बाहुबली–२’को रिलिज मिति फेरि सर्ने भएको छ ।bahubali_2

गत डिसेम्बरमै सुटिङ सम्पन्न गर्ने भनिए पनि फिल्मको सुटिङ् सकिन अझै समय लाग्ने भएकाले अब यसको रिलिज मिति पनि सर्न सक्ने बताइएको छ । यद्यपी, फिल्म युनिटले तोकिएकै मितिमा फिल्मलाई रिलिज गर्ने सक्दो प्रयास गर्ने बताएका छन् ।

यसअघि पनि २०१६ को क्रिसमसका दिन रिलिज गर्ने भनिए पनि यस मितिलाई २०१७का लागि सारिएको थियो । ‘बाहुबली’मा फिल्मको कथा अपुरो भएकाले दर्शकहरु एकदमै पर्खाइमा छन् ।